विपना थापा १६ वर्षपछि चलचित्रमा कमब्याक गर्दै

काठमाडाैं । अभिनेत्री विपना थापा १६ वर्षपछि चलचित्रमा कमब्याक गर्दैछिन्। उनले चन्द्र पन्तकाे निर्देशनको चलचित्र ‘ह्रस्व दीर्घ’ बाट कमब्याक गर्न लागेकी हुन् । निर्देशक पन्तका अनुसार ‘उनले काम गर्ने पक्का भइसक्यो । हामीले फोनमा कुराकानी गरेर उहाँलाई अनुबन्ध गराएका हौं । फिल्मलाई लिएर उहाँ पनि उत्साहित हुनुहन्छ।’

यो चलचित्रमा चारजनाको मुख्य भूमिका छ । त्यसमध्ये एक पात्रको रुपमा विपना थापाले अभिनय गर्न लागेकी हुन् । निर्देशक पन्तका अनुसार चलचित्रको दुई चरणमा छायांकन हुनेछ। पहिलो चरणको छायांकन माघ १५ गतेदेखि भारतको रामोजी स्टुडियोबाट सुरु गरिनेछ भने दोस्रो चरणको छायांकन नेपालमा हुनेछ ।

विपना पछिल्लो समय चलचित्र ‘संघर्ष जिन्दगीको’ मा देखिएकी थिइन्। भारतिय चिकित्सक आशुतोष भारद्वजसँग विवाह गरेपछि उनी चलचित्रबाट टाढिएकी हुन्। ‘ह्रस्व दीर्घ’ का अन्य कलाकारमा भारतीय अभिनेता ब्रह्मानन्दम, सुनिल वर्मा, प्रदीपराज रावत तथन अली रहनेछन् ।

नेपाली तथा हिन्दी भाषामा निर्माण हुने यो चलचित्रको छायांकन नेपाल, भारतको बनारस र युरोपका विभिन्न देशमा हुने बताइएको छ। नीता फिल्म्सको ब्यानरमा तयार गरिन लागेको चलचित्र ह्रस्व दीर्घमा सरोज खनाल , अभिनेत्री नीता ढुंगाना, हरिहर अधिकारी तथा सलोन बस्नेतको पनि अभिनय रहनेछ।

Shangri-la Development Bank Ltd.
Nepali patro