Everest Back LTD

आमा बुवालाई हेरबिचार गर्न हास्य कलाकार श्रेष्ठको आग्रह

Ghorahi cement

काठमाडौं।आमा बुवा सबै भन्दा ठुला देवताभएकाले सम्मान गर्न नयाँ पुस्तालाई बरिष्ठ हास्य कलाकार मदनकृष्ण श्रेष्ठले आग्रह गर्नु भएको छ । श्रेष्ठले आमा बुबाको हेर विचार र स्याहार गर्ने कार्यले नै सबै भन्दा ठूलो पुन्य प्राप्त हुने बताउदै युवा पुस्तालाई व्यक्तिवादि स्वार्थबाट माथि उठ्न आग्रह गर्नु भयो ।

ललितपुरको लामाटार क्षेत्रमा आज जेष्ठ नागरिकलाई कम्वल वितरण गरेर सम्मान गर्दै श्रेष्ठले पछिल्लो समय जेष्ठ नागरिकहरु अपहेलित हुनु परेको बताउनु भयो । लामाटार कृषि वहुउद्देशीय सहकारी संस्थाले आज लामाटारको राममन्दीर परिसरमा श्रेष्ठको प्रमुख अतिथ्यमा बिषेश कार्यक्रमको आयोजना गरेर २ सय भन्दा बढि जेष्ठ नागरिकलाई जाडोमा न्यानो हुने कम्वल वितरण गरेको हो ।

संस्थाका अध्यक्ष देवेन्द्र पौडेलले राम मन्दिर परिसरमा न्यानो हुने कम्वल प्रदान गरि जेष्ठ नागरिकको सम्मान गरेर आफुहरुले नयाँ पुस्तालाई शिक्षा दिन खोजेको र सहकारी क्षेत्र प्रतिनै भैरहेको अविस्वासको अन्त्य गर्न खोजेको बताउनु भयो ।

संस्थाका संचालक उपाध्यक्ष पुष्करराज प्याकुरेलले किसानहरुको हक हितका लागि काम गर्दै आएको संस्थाले समाजमा राम्रो सन्देश दिने यस्ता कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गर्नु भयो । 

Nepali patro