सहकारी अभियान कठोर अनुशासनमा रहनु पर्ने

अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी क्षेत्र अहिले धेरै समस्याहरुबाट जकडिए

काठमाडौं।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव डा दामोदर रेग्मीले सहकारी अभियान र यसका अभियन्ताहरु कठोर अनुशासनमा रहनु पर्ने र कानूनको परिपालनामा सदा अव्वल रहनु पर्ने कुरा बताएका छन् ।

अर्थतन्त्रको एउटा भरोसायोग्य खम्बा सहकारी क्षेत्र अहिले धेरै समस्याहरुबाट जकडिएको र केही बचत तथा ऋण सहकारी संस्थाहरुले बचतकर्ताहरुको बचत फिर्ता नगर्ने र अर्थतन्त्रका नियमहरु पालना नगर्ने तथा सम्पत्ति शुध्दीकरण नियन्त्रणका क्षेत्रमा पहल नगरिदिदा सहकारी विभाग र भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा उजुरीहरु आउने गरेको प्रति अव सहकारी अभियन्ताहरु ले कानूनको परिपालनामा ध्यान दिनुपर्ने र बचत कर्ताको बचत असुरक्षा गर्ने सहकारी संस्थाहरु दण्डित हुनु पर्ने तथा यसमा सहकारी संघ र महासंघको सकारात्मक सहयोग रहनु पर्ने उनले बताए ।

सहकारीमा देखिएका यस्ता समस्याहरु हटाउने र स्वस्थ स्वच्छ अनुशासनमा आधारित सहकारी बनाउन भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले प्रयास जारी गरेको छ । यसै क्रममा मन्त्रालयका सचिव डा दामोदर रेग्मीले गृहकार्यलाई घनीभूत बनाएका छन् । सचिव डा रेग्मीले एसियाली सहकारी ऋण महासंघकी प्रमुख कार्यकारी अधिकृत एलिनिता भि स्यान रोक्के र प्राविधक अधिकृत प्रमुख रञ्जित हित्तराची संगको भेटमा बचतकर्ताको बचत सुरक्षा गर्न र सहकारी अभियानले सम्पत्ति शुध्दीकरण नियन्त्रणमा सहकारी अभियन्ताहरुको भूमिका सकारात्मक रहनु पर्ने र यसमा एसियाली सहकारी ऋण महासंघको समेत भूमिका प्रभावकारी रहनु पर्ने बताए । एलिनिता र रञ्जितले नेपालको सहकारी अभियानलाई भरोसायोग्य बनाउन सचिव रेग्मीले थालेको प्रयासको प्रशंसा गर्दै यो कार्यमा एसियाली सहकारी ऋण महासंघको सदा सकारात्मक सहयोग रहने वताए ।

सहकारी विभागका रजिष्ट्रार रुद्प्रसाद पण्डितले सहकारीलाई सम्पत्ति शुध्दीकरणमुक्त बनाउन र बचतकर्ताको बचत सुरक्षा गर्न मन्त्रालय र विभाग क्रियाशील रहेको बताए । नेफ्स्कुनका अध्यक्ष पारितोष पौडेलले वित्तीय सहकारीताको आगामी कार्यदिशा सुरक्षित र शुध्द सहकारी अभियान भएको कुरा बताए । नेफ्स्कुनका प्रमुख कार्यकारी अधिकृत प्रकाश पोखरेलले बचतकर्ताको बचतको सुरक्षा र सम्पत्ति शुध्दीकरण नियन्त्रणका लागि नेफ्स्कुनले काम गरिरहेको वताए ।

राष्ट्रिय सहकारी महासंघकी महाप्रबन्धक चित्रा थाम्सुहांगले बचतकर्ताको बचतको सुरक्षा नगर्ने सहकारीलाइ कानूनी दायरामा ल्याउन महासंघले सहयोग गर्ने बताइन ।

Shangri-la Development Bank Ltd.
Nepali patro