राकुटेन भाइबरले प्रमुख विश्वव्यापी अपडेटहरूका साथ विगतको सुपरएप स्थितिलाई निरन्तरता दिँदै 

भाइबर प्रस्तुत गर्दछ बिजनेस इनबक्स र कमर्सियल एकाउन्ट, जसले गर्दा ग्राहकले आफ्नो अनुभव सुधार गर्न र ब्राण्ड भिजिविलिटी बढाउन मद्दत गर्नेछ

काठमाडौं, नेपाल जनवरी २४, २०२३ – राकुटेन भाइबर, निजी र भ्वाइस बेस्ड कम्यूनिकेशनमा विश्वव्यापी अग्रणी, एपमा ब्राण्ड-प्रयोगकर्ता अन्तरक्रियाको विकासको नयाँ चरणको रूपमा विश्वव्यापी रूपमा दुई प्रमुख सुरुवातहरू घोषणा गरेको छ। नयाँ प्रस्तावहरूमा बिजनेस इनबक्स र खोजी गर्न मिल्ने कमर्सियल एकाउन्ट समावेश छ, जुन भाइबरको दीर्घकालीन सुपरएप रणनीतिको अर्को चरण बन्नेछ।

 

अनुसन्धान रिपोर्टहरूका अनुसार, ७१% उपभोक्ताहरूले कम्पनीहरूले व्यक्तिगत अन्तरक्रियाहरू प्रदान गर्ने अपेक्षा गर्छन्, र ८२% संस्थाहरुले गुणदायी ग्राहकमुखी निति मार्फत अझ राम्रो सेवा प्रदान गर्ने रणनिति ल्याएको छ। प्रयोगकर्ता र व्यवसाय दुवैलाई ध्यानमा राखेर, भाइबरका अपडेटहरू अझ राम्रो ग्राहक अनुभव र ब्राण्ड संलग्नता प्रदान गर्ने दिशामा कदम चालेको हो।

 

ब्राण्ड -प्रयोगकर्ता सञ्चारलाई बढावा दिने उद्देश्यले, भाइबरले ब्राण्ड र प्रयोगकर्ताको सञ्चारलाई अझ प्रभावकारी बनाउने उद्देश्यले, भाइबरले बिश्वब्यापी रुपमा बिजनेस इनबक्स प्रस्तुत गरेको छ जुन एक व्यक्तिको नियमित च्याट स्क्रीनबाट सिधै पहुँचमा पुगी, ब्राण्ड – प्रयोगकर्ता अन्तरक्रियाका लागि एक समर्पित ठाँउ बन्नेछ। यस सुविधाले आधिकारिक ब्राण्ड एकाउन्टहरूबाट सबै बिजनेस मेसेजहरूलाई एक फोल्डरमा भण्डारण र व्यवस्थित गर्न अनुमति दिन्छ (जस्तै बैंक सूचना, डेलिभरी सेवाबाट अर्डर पुष्टि, स्टोरबाट विशेष अफर, आदि)।

 

प्रयोगकर्ताले आफ्नो पहिलो बिजनेस मेसेज प्राप्त गरेपछि बिजनेस इनबक्स सक्रिय हुनेछ।विगतमा व्यवसायहरूसँग कुराकानी गरेका प्रयोगकर्ताहरूका लागि, सुविधा जारी भएपछि व्यवसायहरूसँगका सबै च्याटहरू स्वचालित रूपमा व्यापार बिजनेस इनबक्समामा सर्नेछन्। बिजनेस इनबक्स फोल्डर च्याट सूचीमा सिर्जना भएपछि, सबै बिजनेस मेसेजहरू पूर्वनिर्धारित रूपमा त्यहाँ जानेछन्। बिजनेस इनबक्सले प्रयोगकर्ताहरूलाई आफ्नो भाइबर अनुभवलाई कस्टमाइज गर्न र ब्राण्डहरूसँगको अन्तरक्रियालाई सुविधाजनक तरिकाले व्यवस्थित गर्न दिनेछ:

 

बिजनेस इनबक्सको शीर्षमा कुनै एक विशिष्ट ब्राण्डको कुराकानी पिन गर्नुहोस्;

कुनै पनि ब्राण्डलाई बिजनेस इनबक्सबाट बाहिर ल्याई मुख्य च्याट स्क्रीनमा सार्नुहोस्;

कुनै विशिष्ट ब्राण्डको कुराकानी बिजनेस इनबक्सको शीर्षमा पिन गर्नुहोस्

 

एकै समयमा, व्यवसायबाट नवीनतम अपडेटहरू फेला पार्न सरल हुने गरी फोल्डरलाई च्याट स्क्रीनको शीर्षमा पूर्वनिर्धारित रूपमा पिन गरिनेछ र बिजनेस मेसेजहरू व्यक्तिगत च्याटहरूसँग मिसिने छैनन्। बिजनेस इनबक्सले ग्राहक सेवा सुधार गर्न, ब्राण्ड संलग्नता बढाउन, र रूपान्तरण ड्राइभ गर्न ब्राण्ड र प्रयोगकर्ताहरू बीच थप प्रभावकारी सञ्चार सक्षम गर्नेछ।

 

 

भाइबरमा कस्टमाइजड बिजनेस इनबक्स

 

नयाँ कमर्सियल एकाउन्ट राम्रो ग्राहक अनुभवको लागि अर्को कदम हो, जहाँ प्रयोगकर्ताहरूले एकै ठाउँमा ब्राण्डसँग संलग्न हुने सबै तरिकाहरू पत्ता लगाउन सक्षम हुनेछन्। यसले सबै व्यापार सम्बन्धी जानकारी, सेवाहरू, र भाइबरमा च्याटहरू एउटै खोजयोग्य व्यवसायिक निकाय अन्तर्गत होस्ट गर्नेछ:

 

प्रयोगकर्ताहरूले भाइबरको मुख्य सर्च बारमा व्यवसायको नाम टाइप गरेर सक्रिय रूपमा यी एकाउन्टहरू (बिजनेसहरू) खोज्न सक्छन्।

खोज परिणामहरू नयाँ “व्यवसाय” खण्ड अन्तर्गत समूहबद्ध गरिनेछ।

कमर्सियल एकाउन्टमा प्रवेश गर्ने प्रयोगकर्ताहरूले ब्राण्डको शीर्षक, लोगो, प्रमाणीकरण ब्याज, विवरण, सम्पर्क जानकारी, र भाइबरमा उपलब्ध सञ्चार च्यानलहरू देख्नेछन्। एकाउन्टको ब्राण्ड अझ धेरै प्रयोगकर्ता माझ पुर्याउन अरूलाई पनि फर्वार्ड गर्न सकिन्छ।

ब्राण्डहरूले तीनवटा ठेगानाहरू, एक वेबसाइट, फोन नम्बर, र १००० वर्णहरू सम्मको विवरण थप्न सक्षम हुनेछन् ताकि प्रयोगकर्ताहरूले उनीहरूले खोजिरहेका सबै जानकारीहरू फेला पार्न सकुन्।

 

नयाँ खोजीयोग्य कमर्सियल एकाउन्टहरूले प्रयोगकर्ताहरूलाई थप शक्ति प्रदान गर्नेछ। विभिन्न ब्राण्डहरु फेला पार्ने मात्र नभई , सक्रीय रुपमा सञ्चार पनि सुरु गर्न सकिने छ। कमर्सियल एकाउन्टहरूले ग्राहकको अनुभवलाई पनि सुधार गर्नेछ: भाइबरमा कुनै व्यवसायसँग जोडिन चाहने प्रयोगकर्ताहरूले आफूलाई मनपर्ने च्यानल छनोट गर्न र एपभित्रै मिनी-वेबसाइट अनुभवको आनन्द पनि लिन सक्नेछन्। यसैबीच, ब्राण्डहरूले ग्राहकहरूसँग आफ्नो सञ्चारलाई सुव्यवस्थित गर्नेछन् र सहज ग्राहक अनुभव सिर्जना गर्नेछन्।

 

भाइबरको खोजीयोग्य कमर्सियल एकाउन्ट: प्रयोगकर्ताको यात्रा

 

भाइबरले प्रक्षेपण पछि कमर्सियल एकाउन्टहरूको क्षमता विस्तार गर्न जारी राख्नेछ,प्रयोगकर्ताहरूको सहजताका लागि अझै बडी च्यानलहरू उपलब्ध गराई, सिंगल एकाउन्ट अन्तर्गत अझ थप सेवाहरु जस्तै बुकिङ, लोकेसन, व्यवसाय कल इत्यादीको बिस्तार हुनेछ। यस बर्षको उत्तरार्धमा एपले साना तथा मझौला व्यवसायहरुलाई थप व्यवसाय प्रबर्धनको अवसर प्रदान गर्नेछ।

 

बिजनेस इनबक्स र कमर्सियल एकाउन्टको साथमा, भाइबरले व्यवसायमा संलग्न हुँदा प्रयोगकर्ताको सुरक्षा र विश्वासलाई अझ बढाउने लक्ष्य राखेको छ। प्रमाणित ब्राण्डहरूका सबै बिजनेस मेसेजहरू पूर्वनिर्धारित बिजनेस इनबक्समा जानेछन्, जुन व्यवसायको प्रतिरुपण गर्न खोज्ने निजी एकाउन्टहरुका लागि पँहुच योग्य हुने छैन। ‘निलो टिक’ को मुल्यवान समावेशका कारण प्रयोगकर्ताहरुलाई प्रमाणित ब्राण्डहरुको पहिचान गर्न मद्दत गर्दछ। कमर्सियल एकाउन्टहरूले सबै व्यापारिक जानकारी एकै ठाउँमा प्रदर्शन गर्नेछ।

 

“सुपर एपको रुपमा यो माइलस्टोन अपडेट भाइबरको अर्को कदम हो जसले सबै ब्राण्ड–प्रयोगकर्ता माझ सञ्चार र अन्तरक्रियाहरूका लागि सुविधाजनक वन–स्टप–शपको रूपमा काम गर्दछ। यो अन्य सुपर एप सुविधाहरुको आधार हुनेछ जसले प्रयोगकर्तालाई एपको महत्त्व बढाउन र ब्राण्डहरुले आफ्नादर्शक सँग जोडिन थप तरिकाहरु विस्तार गराउनेछ।,” राकुटेन भाइबरका सीईओ ओफिर इयाल भन्छन् “थप सुविधा तथा सेवाहरु, र सञ्चारका थप च्यानलहरू भनेकै प्रयोगकर्ताहरू र ब्राण्डहरूका लागि थप महत्त्वको विषय हुनेछ।”

यी दुई सुविधाहरू विश्वव्यापी रूपमा जनवरी २३, २०२३ देखि उपलब्ध हुनेछन्।

राकुटेन भाइबरको बारेमाः

राकुटेन भाइबर संसारको जुनसुकै कुनामा रहेका जोसुकैलाई जोड्ने सम्बन्धसूत्र हो। भाइबरको विश्वव्यापी प्रयोगकर्ताहरूले वान-टु-वान,भिडियो कल, ग्रुप मेसेजिङ, अपडेटहरूका साथै आफ्ना मनपर्ने ब्राण्ड र सेलीब्रेटीसँग अन्तरक्रियाजस्ता यावत् फिचरहरूको लाभ उठाउन सक्छन्। भाइबरले प्रयोगकर्ताहरूलाई आफ्ना भावनाहरू साझा गर्न सुरक्षित र स्वतन्त्र वातावरण सुनिश्चित गर्दछ। राकुटेन भाइबर, आइएनसीको एक हिस्सा हो, ई-कमर्स र वित्तीय सेवाहरूमा अग्रणी राकुटेन भाइबर गोल्डेन स्टेट वारियर्सको आधिकारिक इन्सट्याण्ट मेसेजिङ र कलिङ एप पार्टनर पनि हो। आजै भाइबर जोइन गरी विश्वकै सबैभन्दा उत्तम कम्यूनिकेशनको फाइदाहरू लिनुहोस्।

 

“भाइबरको हालका अपडेटहरु महत्त्वपूर्ण उपलब्धि हुन् र कम्पनीको सुपरएप रणनीतिको एक भागको रूपमा थप सुविधाहरूको परिचयको लागि बलियो आधार प्रदान गर्दछ,” राकुटेन भाइबरका चिफ रेभेन्यु अफिसर क्रिस्टिना कन्स्ट्यानडाचेले भनिन्। यस रणनीतिको उद्देश्य भनेकै प्रयोगकर्ताहरुको सहज परिचालन तथा ब्राण्डहरुको आफ्ना प्रयोगकर्तासँगको सञ्चारमा अझ विविधता र सरलता ल्याउनु हो जसले दुबै माझ थप महत्त्व प्रदान गर्न सक्नेछ।”

Shangri-la Development Bank Ltd.
Nepali patro