‘दुई दिनको जिन्दगी-हुटिट्याउ’ भिडियोमा प्रशान्त र आयुष्माको मनमोहक अभिनय

2.2K
shares

काठमाडौं।गायक संगीतकार दिपकराज विश्वकर्माको आवाज तथा संगीतमा लोक आधुनिक गीत ‘दुई दिनको जिन्दगि-हुटिट्याउ’ भिडियो सार्वजनिक भएको छ । सर्जक स्व.गीतकार देवीलाल अधिकारी र गीतकार अनिल अधिकारी (अनिश्चित)को ‘दुई दिनको जिन्दगि-हुटिट्याउ’ गीतको भिडियो सार्वजनिक ।

 

नेपाली गीत संगीत बजारमा दिनहु गीत संगीत भिडियो सार्वजनिक भैरहेका बेला बहुप्रतिभाका धनि गायक संगीतकार दिपकराज विश्वकर्माको आवाज तथा संगीतमा बिल्कुलै नयाँ फरक स्वादमा लोक तथा आधुनिक गीत (दुई दिनको जिन्दगि-हुटिट्याउ) गीतको भिडियो सार्वजनिक भएको छ ।

 

गीत एकदम लोक फ्लेवरमा गायक दिपकराजले संगीत तथा संगीत संयोजन गरेका छन,गीतमा शब्द सर्जक स्व.गीतकार देवीलाल अधिकारी र उनका सुपुत्र बहुआयामिक गीतकार अनिल अधिकारी (अनिश्चित) को रहेको छ । उक्त सार्वजनिक गीतलाई मिक्सिङ मास्टरिङ पनि गायक संगीतकार स्वयम दिपकराज विश्वकर्माले गरेका हुन् ।

 

गीतको भिडियोमा निर्देशन बिनोद भण्डारी, छायांकन राम केसी, नृत्य निर्देशन प्रशान्त मगर, सम्पादन अमृत चापागाईंको रहेको छ । भिडियोमा प्रशान्त मगर र आयुष्मा कार्कीको मनमोहक अभिनय देख्न पाईन्छ । गीत जति सुन्दर बनेको छ। गीतलाई जसरी बुवाले सुन्दर शब्दद्वारा सुरुवात गर्नु भएको थियो। उक्त गीतलाई मैले पुरा गरेर अडियो जसरी मेहनत गरेर राम्रो बनाएका छौं, त्यसरी नै भिडियो पनि उत्तिकै चाखलाग्दो र रमाईलो बनेको छ,भन्छन-उक्त सार्वजनिक गीतका गीतकार अनिल अधिकारी । भिडियोलाई भने कटेरो क्रियशन यूट्यूब च्यानलमा हेर्न सकिन्छ । आउनुहोस हेरौं उक्त गीतको रमाईलो भिडियो ।

civil hospital
Hams Hospitals