अहिले प्रविधिको प्रयोगले सेवा लिन सहज भएको छ – मन्त्री शर्मा

काठमाडौं ।आज सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रविधिको प्रयोगले सेवा लिन र दिन सहज र सरल हुने भएकाले यस क्षेत्रको विकासमा निरन्तर लागि पर्ने बताएकी छन् । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघद्वारा आयोजित २८ औ संस्करणको क्यान इन्फोटेकको मंगलबार काठमाडौंमा उद्घाटन गर्दै मन्त्री शर्माले यस्तो बताएकी हुन् ।

 

उनले सेवा प्रवाहको काममा प्रविधिको प्रयोग गर्न सकेको खण्डमा सेवा सजिलो र सहज हुने बताएकी छन् ।सेवा क्षेत्रमा प्रविधिको प्रयोग बढाउन सके विभिन्न ठाउँमा हुनेगरेको अनियमितता पनि कम हुन्छ,” मन्त्री शर्माले भनिन्, “यसकारण सरकार र मन्त्रालय यो क्षेत्रको विकासका लागि निरन्तर लाग्ने छ ।”

 

उनले आजको युग सूचना प्रविधिको युग भएकाले सूचना प्रविधिको कारणले आज विश्व एउटा हत्केलामा अट्ने भएको बताइन् । जसका कारणले यसको महत्व दिनप्रतिदिन बढिरहेको उनको भनाइ छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro