‘ नेपालमा चौध अर्ब बराबरको अवैध मोबाइल फोन भित्रिन्छ’ सम्बन्धित निकाय हेरेको हेरै

16.4K
shares
Nabil bank

काठमाडौं । भन्सार छली तथा अवैध तवरबाट भित्रिने फोनको कारोबार बढ्दै गएको नेपाल मोबाइल बितरक संघले बताएको छ । बुधबार एक पत्रकार सम्मेलन गरेर वैधानिकरुपमा कर तिरेर कारोबार गर्ने व्यवसायीको बिक्री वितरणमा व्यापक गिरावट आएको बताएका हुन । संघले कम मार्जिन हुने व्यापार घट्न गएपछि मोबाईल व्यवसायीहरु पलायन हुन थालेको अवस्था बताएको छ ।

 

नेपालमा बार्षिक अतिस अर्बदेखि चालिस अर्ब रुपैयाँको मोबाईल फोनको वैधानिक रुपमा आयात तथा कारोबार भैरहेको छ भने झन्डै चौध अर्ब बराबरको अवैधानिक वा भन्सार नतिरी विभिन्न तवरबाट भित्र्याईका फोनहरुको कारोबार भएको संघको दावी छ ।

 

यसरी अवैध रुपमा भइरहेको मोबाईल फोनको कारोबारले नेपाल सरकारले झण्डै बार्षिक दुई अर्बको हाराहारीमा राजस्व गुमाइरहेको समेत जानकारी दिइरहेको छ । फोनहरु रिफर्बिस, डुप्लिकेट तथा चौरिका फोनहरु समेत पर्ने हुँदा भोलि बिक्रि पछिको वारेन्टी नहुने, पार्ट्स नपाउने तथा चोरिका फोनले कानुनी झमेला समेत आउन सक्ने हुँदा उपभोक्ता ठगी पर्ने सम्भावना झन बढेको संघको गुनासो रहेको छ ।

 

मोबाईल डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडिएमएस) तत्काल लागू गर्न समेत संघले माग गरेको छ । एमडिएमएस लागू गर्न नेपाल दुर संचार प्राधिकरण तथा सम्बन्धित निकायहरूसँग धेरै पटकको छलफल तथा गृहकार्य भइसकेको बताएको छ । नेपाल दुर संचार प्राधिकरणले झन्डै एक अर्बको लगानीमा पाँच वर्षको निरन्तर प्रयासपछि गत पुष पन्ध्र गतेबाट मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम लागू गर्ने निर्णय गरेको थियो । तर, वैदेशिक रोजगारीबाट फर्किने व्यक्तिहरुले ल्याउने वा पठाउने फोन नेपालमा चल्दैन भन्ने जस्ता अफबाह र नो रेमिटेन्सको कुरा आएको भन्दै प्रधानमन्त्री पुष्प कमल दाहालको निर्देशनमा स्थगित भएको थियो ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x