यातायात विभागका महानिर्देशक पोखरेल पक्राउ

87
shares
Nabil bank

काठमाडौं । मलेसिया जाने नेपाली श्रमिकबाट गैरकानुनी रूपमा रकम असुली गरी ठगी गर्ने र विदेशी मुद्रा अपचलनमा सघाएको आरोपमा यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेल पक्राउ परेका छन्।

श्रम मन्त्रालयमा कार्यरत रहँदा भएको भनिएको अनियमितता तथा श्रमिक ठगी प्रकरणको अनुसन्धानका क्रममा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पोखरेललाई बुधबार पक्राउ गरेको हो।

यस प्रकरणमा सीआईबीले तत्कालीन दुई मन्त्रीसहित ६ जनालाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा तत्कालीन श्रममन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वरराय यादव, तत्कालीन सचिव विनोद केसी, सहसचिव राजीव पोखरेल, अर्का सहसचिव उमेश ढुंगाना र उपसचिव निर्मला गुरुङ रहेका छन्।

मलेसिया रोजगारीमा जाने नेपाली श्रमिकसँग गैरकानुनी रूपमा रकम असुली गर्ने, ठगीबाट संकलित रकमको कारोबार गर्ने तथा विदेशी मुद्रा अपचलनमा सहयोग पुर्‍याएको आरोपमा उनीहरूमाथि अनुसन्धान अघि बढाइएको सीआईबीले जनाएको छ।

यो प्रकरण सामान्य बिचौलियाको ठगीमा मात्र सीमित नरहेको अनुसन्धानले देखाएको छ। श्रमिकबाट रकम असुल्ने धन्दामा नीतिगत तथा प्रशासनिक तहका जिम्मेवार व्यक्तिहरूको संलग्नता रहेको आशंकामा अनुसन्धानको दायरा उच्च राजनीतिक नेतृत्व र कर्मचारीतन्त्रसम्म पुगेको हो।

यसअघि नै उक्त प्रकरणमा व्यवसायी कैलाश खड्कालगायत व्यक्तिहरू पक्राउ परिसकेका छन्। उनीहरूमाथिको अनुसन्धानकै क्रममा तत्कालीन मन्त्रीदेखि सचिव र सहसचिव तहका अधिकारीसम्मको भूमिका खोतलिएको हो।

विदेशमा रोजगारी खोज्न बाध्य नेपाली श्रमिकलाई लक्षित गरी सञ्चालन भएको भनिएको यस्तो धन्दामा राज्यका जिम्मेवार पदाधिकारीकै संलग्नता रहेको आरोप सार्वजनिक हुनु गम्भीर विषय बनेको छ।

सीआईबीको अनुसन्धानले अब श्रमिकबाट असुलिएको रकम कहाँ पुग्यो, विदेशी मुद्रा कसरी अपचलन गरियो र त्यसमा राजनीतिक तथा प्रशासनिक तहका अधिकारीहरूको भूमिका के थियो भन्ने विषय थप स्पष्ट पार्ने अपेक्षा गरिएको छ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x