आईसीसी यू-१९ नेपालले आज मलेसियासँग खेल्दै

14K
shares
Nabil bank

काठमाडौँ । यूएईमा जारी रहेको आईसीसी यू-१९ पुरुष विश्वकपको एसिया छनोट प्रतियोगितामा नेपालले आज मंगलबार मलेसियासँग खेल्दै छ ।

यूएईस्थित मलेक क्रिकेट मैदान आजमानमा हुने खेल नेपाली समयअनुसार बिहान पौने ११ बजे सुरु हुनेछ। जारी प्रतियोगितामा नेपाल अपराजित छ।

उत्कृष्ट प्रदर्शन गरिरहेको नेपाल लगातार चौथो जित हात पार्दै विश्वकप छनोटको सम्भावना बलियो बनाउने लक्ष्यमा छ। नेपालले यसअघि सिंगापुर, कुवेत र हङकङमाथि सहज जित निकालेको थियो।

मलेसिया भने आफ्ना तीन खेलमा एकमा मात्र विजयी भएको छ। नेपाल तीन खेलबाट ६ अङ्क जोड्दै तालिकाको दोस्रो स्थानमा छ।

समान खेलबाट ६ अङ्क बटुलेको यूएई शीर्ष स्थानमा छ। यूएईले नेपाललाई रन रेटमा पछि पारेको हो। ६ राष्ट्र सम्मिलित छनोट खेलको शीर्ष स्थानमा रहने टिमले सन् २०२४ मा श्रीलङ्कामा हुने विश्वकप खेल्ने अवसर पाउनेछ।

नेपाल र यूएई प्रमुख दाबेदार हुन्। यूएईले आज कुवेतसँग खेल्दैछ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x