सन्दिपको ५ विकेटमा पिएनजी ९५ रनमा अल आउट
वि.सं.२०७९ फागुन २९ सोमवार
16.7K
shares
shares
काठमाडौं । स्पिनर सन्दीप लामिछानेले ५ विकेट लिएपछि पपुवा न्यूगिनी ९५ रनमा नै अलआउट भएको छ । नेपालले आईसीसी विश्वकप लिग २ अन्तर्गतको खेलमा नेपाली बलरले पीएनजीका ब्याट्सम्यानलाई कुनै मौका दिएनन् ।
सन्दीपले आफ्नो अन्तिम ओभरको अन्तिम बलमा यूएईका ११ औं ब्याट्सम्यानलाई बोल्ड गर्दै आफ्नो पाँच विकेटको सफलता पाएका हुन् । नेपालका अन्य दुई स्पिनर ललित राजवंशी र कुशल मल्लले आपसमा दुई–दुई विकेट बाँडे भने सोमपाल कामीले एक विकेट लिए ।
Subscribe
0 Comments
Oldest






























