भैरहवामा भीषण हावाहुरी र पानी ,जनजीवन अस्तव्यस्त
वि.सं.२०७९ चैत १७ शुक्रवार
1.4K
shares
shares
काठमाडौं । लुम्बिनी प्रदेशको भैरहवामा भीषण हावाहुरी चलेको छ । शुक्रबार बिहान ११ः४५ बजेको समयमा भीषण हावाहुरीसँगै वर्षा भएको हो ।
हावाहुरीका कारण त्यहाँको जनजीवन अस्तव्यस्त भएको स्थानीयले जनाएका छन् । त्यहाँ अहिले बिजुली समेत गएको छ । हावाहुरी र भारी वर्षाका कारण के कति क्षति भएको छ भन्ने विवरण भने प्राप्त भइसकेको छैन ।































