नेपालले आज सेमिफाइनलमा कुवेतसँग खेल्दै

14.3K
shares
Nabil bank

काठमाडौँ । राजधानीमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले आज सेमिफाइनलमा कुवेतसँग खेल्दैछ ।

 

नेपाल र कुवेतबीचको खेल बिहान ९ बजे टियु क्रिकेट मैदानमा कीर्तिपुरमा हुनेछ ।

 

 

समूह ‘ए’ को विजेताको रुपमा सेमिफाइनल आएको नेपालले समूहमा मलेसियालाई ६ विकेटले र दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दा साउदी अरेबियाविरुद्धको तेस्रो खेल भने वर्षाका कारण नतिजाविहिन बनेको थियो ।

 

समूह चरणको चौथो खेलमा नेपालले कतारलाई ६८ रनले पराजित गरेको थियो ।

 

त्यस्तै आजै हुने दोस्रो सेमिफाइनलमा ओमानले यूएईको सामना गर्नेछ । ओमान समूह एको उपविजेता हो भने यूएई समूह बीको विजेता बनेको थियो । यो खेल बिहान ९ बजे मुलपानीस्थित क्रिकेट मैदानमा खेलिनेछ ।

 

नेपालको सम्भावित प्लेइङ-११

 

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर) , कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, दीपेन्द्रसिंह ऐरी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की र ललितनारायण राजवंशी रहेका छन्।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x