एसीसी प्रिमियर लिगको फाइनलमा नेपाल र यूएई भिड्ने

काठमाडौं । एसीसी प्रिमियर लिगको फाइनलमा नेपाल र यूएई भिड्ने भएका छन् ।

आज भएका सेमीफाइनल खेल वर्षाले प्रभावित भएपनि नेपाल समूह विजेताका रुपमा फाइनल प्रवेश गर्यो ।

यूएईले ओमानलाई डकवर्थ लुईस पद्धतिमा २ रनले पराजित गर्दै नेपालसँगको भेट पक्का गर्यो ।

फाइनल खेल सोमबार त्रिवि क्रिकेट मैदानमा हुनेछ ।

Shangri-la Development Bank Ltd.
Nepali patro