नेपाल र युएईबीचको फाइनल खेल वर्षाले पुन: रोकियो

काठमाडौं। काठमाडौंको त्रिवि क्रिकेट मैदानमा जारी एसीसी प्रिमियर लिगको फाइनल खेल वर्षाका कारण पुनः रोकिएको छ। युएईविरुद्धको खेलमा नेपालले टस जितेर पहिले बलिङ रोजेको थियो। युएईले २७ ओभरमा ९ विकेट १ सय ६ रन बनाएको अवस्थामा पानी परे पछि खेल रोकिएको हो।

यसअघि यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाउँदा पनि खेल रोकिएको थियो। प्रतियोगिताको विजेता टोली आगामी सेप्टेम्बरमा हुने एसिया कपमा छनोट हुने भएकाले यो खेल दुवै टोलीका लागि महत्वपूर्ण छ।

आज खेल हुन नसकेको खण्डमा भोलि मंगलबार रिर्जभ डेको व्यवस्था गरिएको छ तर, भोलि पनि खेल हुन नसके दुई सुपर ओभरबाट नतिजा निकाल्ने प्रयास हुनेछ। पहिलो सुपर ओभर बराबरी भएमा दोस्रो सुपर ओभर हुनेछ। वर्षाले सुपर ओभर पनि हुनसक्ने अवस्था नभएमा आइसीसीको एकदिवसीय अन्तराष्ट्रिय (ओडिआई) वरीयतामा माथि हुने टोली एसिया कपमा पुग्नेछ।

Shangri-la Development Bank Ltd.
Nepali patro