गीतकार डा. दामोदर रेग्मीको अलिकति तिमी हांस गीत आउदै

काठमाडौं।गीतकार तथा सुपरिचित लेखक डा. दामोदर रेग्मीको शव्द रचना रहेकोअलिकति तिमी हांस गीत आउदैछ । उदीयमान गायक तथा गायिका प्रताप दास र अनु चौधरीको स्वर रहेको उक्त गीतमा चर्चित संगीतकार डि वि लामा राजुको संगीत रहेको छ ।

एक प्रेमिल जोडीको विरह कथामा चुनौतीहरु जीवनको अपरिहार्य पक्ष रहेको र चुनौतीहरुलाई सामना गर्ने सामर्थ्य रहनु पर्ने भावमा रहेको मेलोडी गीत सवैमा उत्साह जगाउने र सकारात्मक सन्देश प्रवाह गर्ने खालको रहेको र संगीतकार तथा गायक गायिकाको अथक मेहनतको कारणले कर्णप्रिय गीत बनेको गीतकार डा. दामोदर रेग्मीले बताए । संगीतकारले मेरा हरेक शव्दहरुलाई सुनु सुनु लाग्ने गरि संगीत भरिदिएको र गायक गायिकाले शव्दका भावहरु प्रति न्याय गरिदिएकोमा उनले सन्तुष्टि प्रकट गरे।

संगीतकार डि वि लामा राजु संग मेरो गीति संग्रह सिरेटोले छुदै छुन्नका अन्य गीतहरुमा थप सहकार्य हुने कुरा उनले बताए । संगीतकार डि वि लामा राजुले कुशल प्रशासक तथा गीतकार डा. दामोदर रेग्मीको सरल तथा गहिरो भावले युक्त शव्दमा संगीत भर्न पाउदा खुशी लागेको कुरा बताए र गीत आकर्षक बनेको कुरा समेत बताए ।वि पि वाग्लेको संगीतमा गीतकार डा. रेग्मीको अर्को गीत पनि आउने क्रममा रहेको छ । यस अघि गीतकारको शव्द रचनामा आनन्द कार्कीको

स्वर र किरण कडेलको संगीत रहेको एक अञ्जुली मायाको उपहार छरिदेउ गीत बैशाख १ गते सार्वजनिक भैसकेको छ ।

Shangri-la Development Bank Ltd.
Nepali patro