‘वेलकम टु हेम्जाकोट’ जेठ २६ गतेदेखि प्रदर्शन हुँदै

काठमाडौं।कमेडी जनरामा निर्माण भएको फिल्म ‘वेलकम टु हेम्जाकोट’ टिम यतिबेला फिल्म प्रमोशनमा व्यस्त छन्।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा निर्देशक सरोज पौडेलले फिल्मले बेरोजगार पात्रको संघर्षको कथा पेश गर्ने बताए।

‘हामीले उठाएको विषयवस्तु काल्पनिक होइन। हामीहरूकै वरिपरिको कथा हो, त्यहि कथा फिल्ममा कमेडी तरिकाले प्रस्तुत गर्न खोजिएको छ,’ उनले भने।

अभिनेता विनोद न्यौपानेले फिल्ममा आफ्नो भूमिका महत्व र अर्थपुर्ण रहेको बताए। ‘फिल्ममा मज्जाले काम गर्ने ठाउँ पाएको छु। मैले यो फिल्मबाट केही देखाउन पाउनेछु। दर्शकले पनि केही पाउनेछन्,’ उनले भने।

अभिनेता बुद्धि तामाङले भने, ‘दर्शकले मलाई नियमितभन्दा भिन्न चरित्रमा देख्न पाउनुहुनेछ।’

 

कार्यक्रममा डेब्यू अभिनेत्री अम्बिका तामाङले आफूले गरेको पात्रबारे भनिन्, ‘मैले गाउँकी साधारण केटीको भूमिका निर्वाह गरेकी छु। जो लोकसेवा परीक्षाको तयारीमा छिन्।’

 

क्लोजअप सिने प्रोडक्सनको ब्यानरमा निर्माण भएको फिल्ममा बुद्धि तामाङ, विनोद न्यौपाने, दिनेश खड्का, प्रदिप ढकाल, सन्दिप सिग्देल, अम्बिका तामाङ, सुजाइरा कार्की, विशाल पहारी, रवि गिरी, लक्ष्मीनाथ तिमल्सीना, रश्मी भट्ट, अस्मिता पन्त, शारदा गिरी, बलदिव राई, प्रेविल कंडेल, स्व.जयनन्द लामालगायत कलाकारको अभिनय छ। फिल्मको कथा निर्देशक पौडेलले तयार पारेका हुन्।

Shangri-la Development Bank Ltd.
Nepali patro