राष्ट्रिय सौन्दर्यकर्मि युनियनको तिज उत्सब कार्यक्रम सम्पन्न

65.6K
shares
Nabil bank

काठमाडौं ।गोकर्ण राष्ट्रिय सौन्दर्यकर्मि युनियन, नेपाल बाग्मति प्रदेश गोकर्णेश्वर नगर कमिटीको प्रमाणपत्र बितरण तथा तिज उत्सब कार्यक्रम अध्यक्ष आश्मा घिसिङको अध्यक्षतामा र राष्ट्रिय सौन्दर्यकर्मी युनियन नेपाल केन्द्रीय महासचिव श्री सुजना जोशीको प्रमुख आतिथ्यता र नाबुनकि केन्द्रिय सदस्य मिना गुरुङ डङ्गोल, बाग्मती प्रदेश सदस्य ईश्वरी क्षेत्रीको आतिथ्यतामा काठमाडौं गोकर्णको जुम क्याफे एन्ड ब्याङ्केटमा सम्पन्न भएको छ।

कार्यक्रममा प्रथम अधिवेशनबाट निर्वाचित कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई प्रमाणपत्र बितरण गर्दै महिलाहरूको महान पर्व हरितालिका तिजको उपलक्ष्यमा शुभकामना मन्तव्य दिने क्रममा प्रमुख अतिथि सुजना जोशीले तिज उत्सबलाई महिलाहरूले क्षमता अभिवृद्धि गर्दै हरेक चुनौतीहरूलाई पार गर्नसक्ने एक सफल सक्षम महिला श्रमिक हुनुपर्ने कुरामा जोड दिनु भएको थियो।

सौन्दर्यकर्मिहरुलाई स्थानीय स्तरमा पंजिकरण गरेर योगदानमा आधारित सामाजिक सुरक्षामा आबद्ध गराउन स्थानिय सरकारले भुमिका खेल्नुपर्ने बताउंदै सिप प्रमाणीकरणमा सहजीकरणको खांचो रहेको कुरा प्रस्ट्याउनु भयो।

तिज उत्सब कार्यक्रममा राष्ट्रिय सौन्दर्यकर्मी युनियनमा आबद्ध गोकर्णेश्वर नगरकमिटीका श्रमिक महिलाहरूले सहभागिता जनाउनुभएको थियो भने कमिटी सचिव नमिता खड्काले कार्यक्रम संचालन गर्नुभएको थियो।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x