‘गोप्य कुरा’ सार्वजनिक

Ghorahi cement

काठमाडौं।पछिल्लो समय नेपाली सांगीतिक बजार तीज गीतले निकै तातेको छ । दिनानुदिन नयाँ–नयाँ तीज गीतहरु सार्वजनिक भईरहेका छन । ती मध्ये माया प्रेममा आधारित, दोहोरी र रत्यौली जस्तो सुनिने तिजका गीत तथा भिडियोहरुले बजार तताइरहेका बेला, एकदम रमाईलो छमछम नाच्न मिल्ने शव्दहरु र संगीत समेटिएको नयाँ तिज भाका बजारमा आएको छ ।

 

सुमधुर स्वरकी धनी गायिका शान्ता जीसी र गायक प्रेम सापकोटाको आवाजमा (गोप्य कुरा) बोलको बडा रमाईलो तीज गीत सार्वजनिक भएको छ । गायिका शान्ता जि.सी आधुनिक लोकपप लोक तथा दोहोरी राम्रो गाउने गायिका मध्ये पर्दछिन, उनको आवाजमा यस भन्दा अघि आधुनिक गीत (न रविले देख्न सक्छ) र तीज गीत (घरबारी) लगायत अन्य गीतहरु बजारमा आएर चर्चामा कमाई सकेका छन भने, अहिले तीजलाई मध्यनजर गर्दै उनको र गायक प्रेम सापकोटाको आवाजमा नयाँ छम छम नाच्ने तीज गीत (गोप्य कुरा) बाजारमा ल्याएकी हुन् गायिका शान्ता जीसीले । उक्त गीतमा शब्द संगीत गायक प्रेम सापकोटा कै रहेको छ भने, संगीत संयोजन सुनिल परियारको रहेको छ । गीतलाई मिक्सिङ्ग मास्टरिङ खडक बाजुरालीले गरेका हुन् ।

 

गीतको भिडियोमा शेखर घर्ति मगरको निर्देशन र कोरियोग्राफी रहेको छ, छयांकन दुर्गा पौडेल, सम्पादन प्रकाश धमलाको रहेको छ । भिडियोमा बिजय पुन र समारिका ढकालको मनमोहक अभिनयसहित नृत्य देख्न पाईञ्छ । गीतको भिडियो गायिका शान्ता जीसीको यूट्यूब च्यानलमा हेर्न सकिन्छ ।

आउनुहोस हेरौं उक्त रमाईलो तीज गीत को भिडियो ।

Shangri-la Development Bank Ltd.
Nepali patro