बागमती क्रिकेट संघको अध्यक्षमा पारस खड्काको प्यानलै विजयी

Ghorahi cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) को बागमती अध्यक्षमा राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान पारस खड्का भारी मतले विजयी भएका छन् । आज भएको निर्वाचनमा प्रतिस्पर्धी उमेश पियालाई हराउँदै उनी अध्यक्ष निर्वाचित भएका हुन् ।मतदानमा खड्काले २३ मत र पियाले १४ मत प्राप्त गरेका छन् ।

 

त्यसैगरी, उपाध्यक्षमा प्रेमबहादुर क्षेत्री, सचिवमा प्रशन्न शाक्य र कोषाध्यक्षमा सञ्जय बस्नेत विजयी भएका हुन् । उनीहरु तीनैजना पारसको प्यानलबाट उठेका थिए ।सदस्यहरुमा अजयराज पाण्डे, अनिल अधिकारी, सन्जोग पोखरेल, सुजन महर्जन, हिरक श्रेष्ठ, शेखर श्रेष्ठ, बसन्त राज सत्यालले पनि समान २३ मत ल्याएर विजयी भएका छन् । यस्तै अनुजमान श्रेष्ठ १६ मत ल्याएर सदस्य निर्वाचित भए । महिला सदस्यमा नीरा राजोपाध्याय निर्विरोध निर्वाचित भएकी छन् ।

Nepali patro