आज भारत र पाकिस्तान भिड्दै,दुवै उपाधि एसिया कपको दावेदार पनि हुन्

21.2K
shares
Nabil bank

काठमाडौं । एसिया कप क्रिकेटमा भोलि चिर प्रतिद्वन्द्वी दुई टीम भारत र पाकिस्तान आज भिड्दैछन् । उनीहरु दुवै उपाधि दावेदार पनि हुन् ।

 

राजनीतिक सम्बन्ध दुश्मनीपूर्ण भएका छिमेकी देश भारत र पाकिस्तानको क्रिकेट भिडन्त सधैं प्रतिक्षित हुने गर्छ । उनीहरु एक-अर्को देशमा गएर द्विपक्षीय श्रृंखला खेल्न सक्ने अवस्था छैन । यस्तै बहुराष्ट्रिय इभेन्टहरुमा मात्रै उनीहरुको भेट हुन्छ ।

 

भारतले पाकिस्तान भ्रमण नगर्ने अडान लिएपछि एसिया कपको आयोजना नै लामो समयसम्म अनिश्चित बनेको थियो । अन्ततः भारतका म्याचहरु श्रीलंकामा राख्ने सहमतिमा प्रतियोगिता अघि बढेको हो । भारत र पाकिस्तानबीचका खेलहरु पनि श्रीलंकामा नै हुनेछन् ।

 

यस प्रतियोगितामा तीन पटक भारत-पाकिस्तान आमनेसामने हुन सक्ने समीकरण छ । दुवै टीम एउटै समूहमा भएकाले समूह चरणमा उनीहरु पहिलो पटक भिड्नेछन् । दुवै टीम सुपर फोरमा छनोट हुने बलियो सम्भावना छ । सुपर फोरमा पुगेका चार टीमले एकापसमा खेल्नुपर्ने हुन्छ । त्यहाँ भारत र पाकिस्तान फेरि भेट हुनेछन् । र, यदि दुवै टीम फाइनलमा पुगेको खण्डमा उपाधिका लागि भिड्नेछन् ।

 

भारत र पाकिस्तानबीचको खेलमा कसले बाजी मार्ला ? आँकलन गर्न सहज छैन । आम रुपमा पाकिस्तानभन्दा भारतलाई बलियो मान्ने गरिन्छ । कागजमा हेर्दा एसिया कप खेल्ने भारतीय टीम निकै सन्तुलित पनि देखिन्छ । टीममा अनुभवी र युवा खेलाडीहरुको राम्रो मिश्रण रहेको छ । ब्याटिङ, बलिङ र फिल्डिङ तीनै पक्षमा भारत अब्बल छ ।

 

यता पाकिस्तान अहिले विश्व वरियताको एक नम्बरमा रहेको टीम हो । विश्व नम्बर एक ब्याट्सम्यान बाबर आजम नेतृत्वको टीमलाई कम आँक्ने गल्ती भारतले गर्ने छैन । पाकिस्तानको ब्याटिङ र बलिङ राम्रो छ । तर, फिल्डिङ भने कमजोर छ । भारतले पाकिस्तानको यही कमजोरीको फाइदा उठाउन सक्छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x