एसिया कपमा बंगलादेशले भारतलाई हरायो

24.3K
shares
Nabil bank

 

काठमाडौं।एसिया कपको सुपर ४ को अन्तिम खेलमा बंगलादेशले भारतलाई ६ रनले हराएको छ । 

 

बंगलादेशले दिएको २६६ रनको लक्ष्य पन्छाएको भारत ४९ दशमलब ५ ओभरमा २५९ रनमा अलआउट भयो । जसमा शुभमन गिलले १२१ रनको पारी खेलेपनि टोलीलाई जिताउन सकेनन् ।

बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।

 

त्यसअघि कोलोम्बोमा जारी खेलमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बंगलादेशले निधारित ५० ओभरमा ८ विकेट गुमाउँदै २६५ रन बनाएको थियो ।

सकिब अल हसनको कप्तानी पारीको मद्दतले बंगलादेशले भारतसामु मध्यम लक्ष्य प्रस्तुत गरेको थियो। सकिबले ८५ बलमा ६ चौका र तीन छक्का प्रहार गर्दै ८० रनको कप्तानी पारी खेलेका हुन् ।

 

बंगलादेशले पहिलो ६ ओभरमा २८ रन जोड्दा तीन विकेट गुमाएको थियो । बंगलादेशले ओपनर लिट्टोन दासलाई खाता खेल्न नपाई पहिलो विकेट गुमाएको थियो । त्यस्तै अर्का ओपनर तान्जिद हसनलाई ब्यक्तिगत १३ रनमा गुमाएको बंगलादेशले तेस्रो विकेटको रुपमा चार रन बनाएका अनामुल हकलाई गुमाएको थियो । सुरुवाती तीन विकेट सस्तैमा गुमाएको बंगलादेशको पारी कप्तान सकिब हल हसन समाहाले ।

 

सकिबसँग ३० रनको सझेदारी गरेका मेहिदी हसन मिराज १३ रनमा पेभिलिय फर्किए । त्यसपछि सकिब अल हसन टाउहिड ऋदोयसँग १०१ रनको साझेदारी गर्दै आउट भए । बंगलादेशका लागि नासुम अहमदले ४४ रनको योगदान गर्दा मेहन्दी हसन २९ र तान्जिम हसन सकिव १४ रनमा अविजित रहे ।

 

भारतका लागि सार्दुल ठाकुरले सर्वाधिक तीन विकेट लिए । उनले १० ओभर बलिङ गर्दा ६५ रन खर्चेर तीन विकेट लिए । त्यस्तै ८ ओभर बलिङ गर्दै ३२ रन खर्चेर मोहम्मद सामीले दुई विकेट लिए । भारतका लागि अक्षर पटेल, प्रशिद कृष्णा र रविन्द्र जडेजाले एक एक विकेट लिए ।

 

आजको खेल हारेपनि भारत यसअघि नै फाइनल पुगिसकेको छ । बंगलादेश भने बाहिरिसकेको छ ।

 

एसिया कपको उपाधिका लागि भारत र श्रीलंका भिड्नेछन् ।

 

फाइनल खेल आइतबार हुनेछ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x