आज सुनको मूल्य बढ्यो
वि.सं.२०८० असोज १७ बुधवार
4.1K
shares
shares
काठमाडौं। १० दिनदेखि निरन्तर ओरालाे लागेकाे सुनकाे बुधबार भने बढेकाे छ।
बुधबार छापावाला सुनकाे भाउ ताेलामा ३०० ले बढेर १ लाख ६ हजार ९०० रुपैयाँ प्रतिताेला कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ। साेमबार छापावाला सुन ताेलामा १ लाख ६ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
आज तेजाबी सुन प्रतितोला १ लाख ६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीकाे भाउ भने स्थिर रहेकाे छ। आज चाँदी तोलामा १ हजार ३१० रुपैयाँमा काराेबार भइरहेकाे महासंघले जनाएकाे छ। मैगलबार पनि चाँदी ताेलामा १ हजार ३१० रुपैयाँमै काराेबार भएकाे थियाे।




























