राजस्वमा बसेर विवादित बनेका बराल सतर्कता केन्द्रबाट केही दिनमै योजना आयोग हुत्याइए

696
shares
Nabil bank

 

काठमाडौं । शक्तिशाली अड्डामा हालिमुहाली गर्दै आएका सचिव भुपाल बराल सतर्कता केन्द्रमा पुगेको केही दिनमै आज योजना आयोग पुगेका छन् । मन्त्री परिषद् बैठकले उनलाई आयोगमा पठाएको हो । अर्थमा हुँदा उनी अबैध काममा लागेको समाचार आएको थियो ।

 

बराल लामो समयदेखि अर्थ तथा राजस्व प्रशासनसँग जोडिएका कर्मचारी हुन् । उनी आन्तरिक राजस्व विभागका महानिर्देशक तथा अर्थ मन्त्रालयको राजस्व प्रशासनसँग सम्बन्धित जिम्मेवारीमा थिए । उनी २०७४ भदौदेखि २०७५ वैशाखसम्म राजस्व अनुसन्धान विभागका महानिर्देशक थिए। पछि २०८० माघमा आन्तरिक राजस्व विभागका महानिर्देशकसमेत बने ।

 

उनी अर्थ मन्त्रालयको राजस्व सचिव बने । तर २०८३ जेठ २५ मा सरकारले उनलाई अर्थ मन्त्रालयबाट गण्डकी प्रदेशको प्रमुख सचिवमा सरुवा ग¥यो।त्यसको करिब साढे तीन महिनामै फेरि उनको जिम्मेवारी परिवर्तन भयो । २०८३ असोज १३ मा बसेको मन्त्रिपरिषद्को निर्णयअनुसार उनलाई राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरिएको छ ।

यही छोटो अवधिमा भएको जिम्मेवारी हेरफेरले प्रश्न उठाएको छ। राजस्व प्रशासनसँग जोडिएका व्यक्तिलाई राजस्वकै संवेदनशील निकाय हुँदै फेरि निगरानी गर्ने निकायमा पु¥याउँदा स्वार्थको सम्भावित द्वन्द्वबारे सरकारले पर्याप्त विचार गरेको छ कि छैन भन्ने प्रश्न पनि उठ्छ।

बरालको विगतको जिम्मेवारीसँग जोडेर विभिन्न समयमा उठाइएका विवाद र आरोपबारे समेत सार्वजनिक रूपमा स्पष्टता आवश्यक देखिन्छ। विशेषगरी भन्सार तथा राजस्व प्रशासनसँग सम्बन्धित केही प्रकरणमा उनको नाम जोडेर प्रश्न उठेको थियो । चीनबाट अवैध तवरले गाडी ल्याइएको विषयमा उनको नाम अग्रपङ्क्तिमा थियो।

सरकारी सेवामा एउटै व्यक्तिले राजस्व प्रशासनका संवेदनशील जिम्मेवारी, अर्थ मन्त्रालय, प्रदेशको प्रमुख सचिव र अन्ततः राष्ट्रिय सतर्कता केन्द्रजस्तो निगरानी गर्ने निकायसम्म निरन्तर पहुँच कसरी बनाउन सक्छन्रु सरकारले यसको जवाफ दिनुपर्छ। कतिपय अवस्थामा राज्यशक्तिको पहुँच र जिम्मेवारी बाँडफाँट पनि हो। त्यसैले शक्तिशाली निकायमा हुने सरुवाको आधार पारदर्शी हुनुपर्छ।

 

यो पनि पढ्नुहोस् छुटाउनु भयो की:

राजस्वमा बसेर विवादित बनेका पात्र सतर्कता केन्द्रको निगरानी प्रमुख ?

civil hospital
Hams Hospitals