अफगानिस्तानविरुद्ध भारत ८ विकेटले विजयी

14.8K
shares
Nabil bank

काठमाडौं । घरेलु टोली भारतले जारी एकदिवसीय विश्वकप क्रिकेटमा लगातार दोस्रो जित हात पारेको छ । बुधबार अफगानिस्तानविरुद्ध भिडेको भारत ८ विकेटले विजयी भयो । अफगानिस्तानले दिएको २ सय ७३ रनको लक्ष्य, भारतले ३५ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

 

भारतका रोहित शर्माले १३१ र इसन किसनले ४७ रन बनाए । विराट कोहलीले पनि अविजित ५५ रन जोडे । रोहितले पहिलो विकेटका लागि किसनसँग १५६ र दोस्रो विकेटका लागि विराट कोहलीसँग ४९ रनको साझेदारी गरेका थिए ।

 

रोहितले ६३ बलमा सतक पुरा गरे। उनले एकदिवशीय अन्तर्राष्ट्रिय क्रिकेटमा ३१ औँ सतक बनाएका हुन् ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x