गायक सुगम पोख्रेलले मागे माफी…

42.6K
shares
Nabil bank

काठमाडौँ । गायक सुगम पोखरेलले अष्ट्रेलिया कन्सर्टमा दर्शकलाई माइक्रोफोन प्रहारको विषयमा आफूबाट गल्ती भएको भन्दै माफी मागेका छन् । उनले आफू भावनमा बगेको भन्दै माफी मागेका हुन् ।

 

मबाट गल्ती भएको हो । म भावनामा बगे बेसी’, उनले नेपाल ट्युबसँगको कुराकानीमा अगाडि भने ‘मेरो भगवान् दर्शकहरु प्रति कहिल्यै पनि अनादर गरेको छैन, मैले । म आज यही नेपाली समाजले बनाएकोले गायक हो ।’ उनले त्यो दिन आफूले पिउनु गल्ती भएको समेत स्वीकारेका छन् ।

 

किन हान्नु भयो दर्शकलाई माइक्रोफोन भन्ने प्रश्नमा सुगमले भनेका छन् , ‘नेपालमा भूकम्पले मानिसहरुले ज्यान गुमाएका थिए । मेरो मनमा म गीत गाउन आएको छु । नेपालमा त्यस्तो भएको छ भन्ने अप्ठ्यारो भइरहेको थियो । कतिको आफ्नो परिवार बित्नु भएको छ । एकछिन मौन धारण गराँै भनेर सोचे । अरु भिडियोमा देख्न सक्नुहुन्छ ।’ आफू नेपालीले गर्दा बनेको र नेपालीलाई दुःखेमा आफूलाई पनि दुख्ने उनले बताएका छन् । शनिबार अष्ट्रेलियाको एडिलेडमा भएको कन्सर्टमा मदिरा पिएका सुगमले दर्शकमाथि माइक्रोफोन प्रहार गरेका थिए । भिडियो भाइरल भए लगत्तै उनले फेसबुक लाइभ मार्फत समेत माफी मागेको थिए । उक्त कन्सर्टका विषयमा आयोजकले पनि आइतबार नै सामाजिक सञ्जालबाट माफी मागिसकेको छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x