अष्ट्रेलियाविरुद्ध टस जितेर दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्ने

Ghorahi cement

काठमाडाैं । आईसीसी विश्वकप २०२३ को दोस्रो सेमिफाइनलमा अष्ट्रेलियाविरुद्ध टस जितेर दक्षिण अफ्रिकाले पहिला ब्याटिङ गर्ने गर्दैछ ।दक्षिण अफ्रिकाले आज एक परिवर्तन गरेको छ । लुङ्ग्गी एनगिडीको स्थानमा तबरेज शाम्सी खेलेका छन् ।

 

उता अष्ट्रेलियाका ग्लेन म्याक्सवेल र मिचेल स्टार्क टोलीमा फर्केका छन् । शन एबोट र मार्कस स्टोइनिस बेन्चमा छन् । पाँच पटकको विश्वकप च्याम्पियन अस्ट्रेलियाले सुरुवाती दुई खेलमा हारपछी लगातार ७ खेल जित्दै सेमिफाइनलमा स्थान बनाएको हो । दक्षिण अफ्रिकाले भने सानदार प्रदर्शनका साथ दोस्रो स्थानमा रहदै सेमिफाइनल खेलेको हो ।

 

 

दक्षिण अफ्रिका पहिलो पटक विश्वकपको फाइनल खेल्ने सोचमा छ । अस्ट्रेलिया पाँच पटकको च्याम्पियन टोली हो ।आठौं पटक फाइनल खेल्न चाहन्छ । यस खेलको विजेताले फाइनलमा आइतबार भारतसँग खेल्ने छ । भारतले पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७० रनले हराएको थियो ।

Nepali patro