सुनको मुल्य उकालो लाग्ने क्रम रोकिएन
वि.सं.२०८० मंसिर ४ सोमवार
12.4K
shares
shares
काठमाडौं । आज नेपाली बजारमा सुनको भाउ प्रतितोलामा २०० रुपैयाँ बढेको छ । मंसिर लागेयता स्थिर रहेको सुनको भाउ सोमबार प्रतितोलामा २०० रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १५ हजार ७०० रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुन प्रतितोला मूल्य १ लाख १५ हजार १५० रुपैयाँ पुगेको छ ।
हिजो (आइतबार) छापावाल सुनको मूल्य प्रतितोला १ लाख १५ हजार ५०० र तेजाबी सुन समान परिमाणको मूल्य १ लाख १४ हजार ९५० रुपैयाँमा कारोबार भएको थियो । दुबै गुणस्तरका सुनको मूल्य हिजोको तुलनामा २०० रुपैयाँले बढेको हो ।
आज चाँदीको मूल्य भने स्थिर छ । प्रतितोला १ हजार ४५० रुपैयाँमा किनबेच भइरहेको छ ।
Subscribe
0 Comments
Oldest






























