बैदेशिक रोजगार बोर्डले १ अर्ब २० करोड मुद्दतीमा लगानी गर्ने

14K
shares
Nabil bank

काठमाडौं । बैदेशिक रोजगार बोर्डले मुद्दती निक्षेपमा १ अर्ब २० करोड रुपैयाँ लगानी गर्ने भएको छ । बोर्डले एक वर्षका लागि उक्त रकम मुद्दती निक्षेप राख्ने भएको हो ।

 

बोर्डले आज सूचना जारी गर्दै ‘क’ वर्गका वाणिज्य बैंकहरूलाई आफुले लिन चाहेको रकम तथा ब्याजदर लगायतका विबरण सहितको दरभाउपत्र पेश गर्न आह्वान गरेको छ ।

 

वाणिज्य बैंकहरूले बोर्डको सचिवालयको वेभसाइटमार्फत फारम डाउनलोड गरी दरभाउ पेश गर्न सक्ने जनाइएको छ । उक्त विवरण फागुन १८ गते दिनको १२ बजेसम्म बुझाउनु पर्नेछ । ३० दिन भन्दा कम मान्य अवधि भएको प्रस्ताव उपर कुनै कारवाही नहुने सूचनामा उल्लेख छ ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x