गीतकार डा. दामोदर रेग्मीको नयां गीत सार्वजनिक

11.2K
shares

काठमाडौं।महिलाको स्वरमा सुमधुर तर विरही गीत गुन्जिरहेको छ डाँडापारी घाम डुव्यो तिमी किन आएनौ चराहरु बास वसिसके तिमी अझै आएनौ । समीक्षा अधिकारी अहिलेकी लोकप्रिय गायिका उनको स्वर रहेको तथा डा. दामोदर रेग्मी गीतकार र डि वि लामा संगीतकार रहेको यसै बोलको सुमधुर गीतको अडियो सार्वजनिक भएको छ । डा दामोदर रेग्मी प्रशासनविद तथा चर्चित लेखक पनि हुन् ।

 

उनका थोरै तथा लोकप्रिय गीतहरु आइरहेका छन् यो गीत यसै श्रृंखलाको एउटा उदाहरण हो । तपाइका गीतहरु कम छन् तर जति छन् ती सवैमा लोकप्रिय गायक गायिका र संगीतकारहरु रहनु भएको छ यसको कारण के होला भन्ने प्रश्नमा गीतकार डा. दामोदर रेग्मी बताउँछन् गीतमा शव्द संगीत र स्वरको राम्रो संयोजन रहनु आवश्यक छ यसर्थ गीतकारको शव्दमा संगीतकार र गायक गायिकाको भावना मिल्नु पर्दछ यी तीन पक्षवीच समन्वय भएपछि मात्र एउटा पूर्ण गीत तयार हुन्छ, संयोग नै मान्नु पर्छ मेरा सवै गीतहरुमा सदावहार गायक र संगीतकार तथा हालका चर्चित गायक गायिका र संगीतकारको साथ प्राप्त भएको छ यो मेरो लागि खुशीको कुरा हो ।

 

तर नवोदित गायक गायिका र संगीतकार संग पनि मेरो कुरा चलिरहेको छ आगामी केही गीतहरुमा उहाहरुसंगको सहकार्य पनि बढ्ने छ । इच्छुक नवोदित गायक गायिका र संगीतकार संग काम गर्न समेत म अति इच्छुक छु । यो गीतमा संगीतकार डि वि लामा र गायिका समीक्षा अधिकारी दुवैको अथक परिश्रम रहेको छ र यसले गीत राम्रो बनाएको छ उनी बताउंछन्।

 

डा. दामोदर रेग्मीको शव्द रहेको अलिकति हास्नु तिमी अलिकती म हासुला बोल रहेको गीतमा डि. वि. लामाले संगीत भरेका छन् भने नेपाल आइडियलबाट चर्चित बन्न पुगेका गायक प्रताप दास अहिलेका धेरै रुचाइएका गायकहरु मध्येमा पर्ने गर्दछन् । त्यसै गरि गायिका अनु चौधरी अर्की सफल गायिका हुन् उनलाई नेपालको अल्काइ याग्निकको रुपमा समेत चिन्ने गरिन्छ । यसै गरि उनकै शव्दमा सदावहार सफल गायक आनन्द कार्कीको स्वर तथा किरण कडेलको संगीत रहेको एक अन्जुली मायाको उपहार छरिदेउ गीत आइसकेको छ र यो गीत गीत बजारमा सफल बनेको छ । डा. दामोदर रेग्मीको शव्दमा मुरलीधरको स्वर र संगीत रहेको सिरेटोले छुदै छुन्न शव्दको गीत पनि आइसकेको छ । सिरेटोले छुदै छुन्न एउटा गीतको साथसाथै डा. दामोदर रेग्मीको गीतहरुको संगालो पनि हो ।

 

डाँडापारी घाम डुव्यो तिमी किन आएनौ चराहरु बास वसिसके तिमी अझै आएनौ गीतका संगीतकार डि. वि. लामाले डा. रेग्मीको गीतका हरेक शव्द गहन रहेको र त्यसमा गायिकाले पूर्ण न्याय गरेको बताए । डा. दामोदर रेग्मीको शव्दहरु आफैमा मर्मस्पर्सी रहेको र समीक्षा अधिकारीको कर्णप्रिय स्वरले गीत अति मनमोहक बनेको संगीतकार डि. वि. लामा बताउंछन् । गायिका समीक्षा अधिकारीले गहन शव्द र भावले भरिएको यो गीतमा आफ्नो स्वर दिन पाउंदा खुशी लागेको बताइन यस गीतमा सवैको राम्रो मिहेनत परेको छ जसले गीत राम्रो बनाएको छ उनले बताइन । अलंकार डिजिटल स्टुडियोमा रेकर्ड भएको उक्त गीतका एरेन्जर विशाल निरौला र रेकर्डिस्ट रन्जन राइ रहेका छन् ।

गीतको लिंक

civil hospital
Hams Hospitals