मेनुका पौडेल लागातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ घोषित

Ghorahi cement

काठमाडौं।नेपाली गायिका मेनुका पौडेल भारतीय टेलिभिजन रियालिटी सो ‘इण्डियन आइडल’मा लगातार दोस्रोपटक ‘पर्फमर अफ द वीक’ घोषित भएकी छन् ।

 

पछिल्लो साताको एपिसोडमा उनले हिन्दी फिल्म ‘अमर अकबर एन्थोनी’मा समावेश मोहम्मद रफीको गीत ‘सिरिडी वाले साइबाबा’ गीत गाएकी थिइन् । मेनुकाको यस प्रस्तुतिमा पनि यसअघिजस्तै निर्णायक र अतिथिले स्ट्यान्डिङ ओभेसन दिए ।

 

उनको प्रस्तुतिपछि मेनुकालाई उपस्थित अतिथिले सम्मान गरे । मेनुका अहिले इण्डियन आइडलको शीर्ष १४ मा पुगेकी छन् ।

Shangri-la Development Bank Ltd.
Nepali patro