डंकी र सलारको अग्रिम बुकिङ

Ghorahi cement

 

काठमाडौं । शाहरुख खानको नयाँ फिल्म ‘डंकी’ डिसेम्बर २१ तारिखमा हलमा रिलिजको हुँदै छ । उक्त फिल्मकोे प्रचारप्रसारमा कुनै कसर बाँकी राखिएको छैन ।

 

‘डंकी’ को एडभान्स बुकिङ पनि रिलिज हुनु एक साताअघि नै सुरु भएको थियो । जसमा शाहरुख खानको फिल्मले राम्रो कमाई गरिरहेको छ ।

 

राजकुमार हिरानीको निर्देशनमा बनेको फिल्म ‘डंकी’ ले एड्भान्स बुकिङबाट अहिलेसम्म आठ करोडभन्दा बढी कमाइ गरिसकेको भारतीय मिडियाहरुले जनाएका छन् । सासिनलिको भारतमा बक्स अफिसको कलेक्सनबारे रिपोर्ट प्रकाशित गर्ने स्केनलिकका अनुसार अहिलेसम्म डंकीको अग्रिम बुकिङबाट ८ करोड ६० लाख बढी कलेक्सन भएको छ । जसमा अहिलेसम्म २ लाख ९६ हजार बढी टिकट बिक्रि भइसकेको छ ।

 

‘डंकी’सँगै साउथ सुपरस्टार प्रभासको बहुप्रतिक्षित फिल्म ‘सलार’ को अग्रिम बुकिङ पनि भैरहेको छ । ‘डकी’ डिसेम्बर २१ मा हलमा रिलिज हुँदैछ भने ‘सालार’ २२ डिसेम्बरमा रिलिज हुँदैछ । यस्तो अवस्थामा दुवै चलचित्रले अग्रिम बुकिङमा एकअर्कालाई कडा प्रतिस्पर्धा दिइरहेका छन् । ‘सलार’ले अहिलेसम्म अग्रिम बुकिङबाट झण्डै ७ करोड आम्दानी गरेको छ ।

 

‘डन्की’को फिल्म चोर माध्यमबाट विदेश जाने चारजनाको कथा हो । यो अवधिमा उनीहरुले धेरै समस्याको सामना गर्नुपर्ने हुन्छ । फिल्ममा शाहरुख खानसँग तापसी पन्नुको केमेस्ट्री देखाइएको छ । यसका अलावा विक्की कौशल र बोमन इरानी पनि फिल्ममा छन् । सलार भने एक्सन प्रधान फिल्म हो ।

Shangri-la Development Bank Ltd.
Nepali patro