सैनिक स्कूलमा शंकास्पद मृत्यु,महिलाहरुमाथि रामधुलाई

Ghorahi cement

काठमाडौं।नेपाली सेनाको भक्तपुरस्थित सैनिक आवासीय महाविद्यालयमा कार्यरत एक जना प्युठको शंकास्पद मृत्यु भएको छ । ईन्द्रबक्स गणमा कार्यरत अर्जुन पराजुली आफू सुत्ने लाइनको पछाडि हिजो बिहान मृत अवस्थामा भेटिएका थिए ।

 

स्याङ्जाको पुतली बजार ११ घर भएका ३३ वर्षे पराजुलीको शव भक्तपुर अस्पतालमा पोष्टमार्टम गरेर परिवारलाई बुझाइएको छ । घटनाको कारण भने खुल्न बाँकी छ ।

 

 

यस प्रकरणमा सैनिक प्रहरीले उक्त महाविद्यालयमा बस्दै आएका महिलाहरुमाथि अनुसन्धान थालेको बताइन्छ । आफ्नो अनुसन्धानमा बाधा पुग्नेगरी केही महिलालाई सेना स्वयंले पिटेर घटनाबारे सोधनी गर्न थालिएको जिल्ला प्रहरीको गुनासो छ । जनआस्था

 

यो पनि पढ्नुहोस्, छुटाउनु भयो कि ?

भन्सारका डिजी कमाउनमा बिजी – 

भन्सारका डिजी कमाउनमा बिजी

Shangri-la Development Bank Ltd.
Nepali patro