भन्सारका डिजी कमाउनमा बिजी

2.2K
shares
Shine resunga department bank

काठमाडौं।रसुवा र तातोपानी भन्सारबाट इलेक्ट्रिक सिगरेट (भेप) को तस्करी ब्यापक रुपमा हुने गरेको छ । गतबर्षस्म्म चीनबाट भेप आयात गर्दा प्रतिसिगरेट १ अमेरिकी डलर भन्दा कम मूल्यांकनमा ल्याउने गरिएको थियो ।

 

तर यो आर्थिक बर्षमा भेपको प्रतिसिगरेट न्यूनतम ४ डलर कायम गरिएको छ । एकपटकमात्र प्रयोग गर्न मिल्नेको एउटाको ४ डलर, पटक पटक प्रयोग गर्न मिल्ने, स्मेल आइरहनेको ५ डलरदेखि १० डलर १५ डलर मूल्यांकन तोकिएको छ ।न्यूनतम ४ डलर भन्सार मूल्यांकन गरिएपछि भेप लुकाएर ल्याउने क्रम बढेको छ । रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट एउटा सामान भनेर त्यसमा भेप लुकाएर ल्याउने गरिएको छ । भेपको सबैभन्दा बढी तस्करी गर्नेमा सिल्क ट्रान्सपोर्टका रमेश शेर्पा रहेको स्रोत बताउँछ ।

 

रमेश शेर्पाको समूहले भेपको कारोबारमा साम्राज्य नै कायम गरिरहेको स्रोत बताउँछ । एउटा सामान घोषणा गरी शेर्पाको समूहले भेप लुकाएर ल्याउँदैआएको देखिएको छ । जसको संरक्षक हुन् भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल । महानिर्देशक पौडेल र विवादस्प व्यापारी शेर्पा मिलेर भन्सार कार्यालयबाट भेप तस्करी भइरहेको छ । रसुवा भन्सार कार्यालय टिमुरेका प्रमुख रामप्रसाद पाठक र तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीलाई महानिर्देशक पैडेलको निर्देशन अनुसार शेर्पाको गाडीलाई चेकिङनै नहुने आरोप लाग्दै आएको छ । रसुवा, तातोपानी र त्रिभुवन विमानस्थल नाकाबाट बिना डिकिलियर लाखौ पिस भेप बिना भन्सार तातोपानी नाकाबाट ल्याइयको र बनेपामा गोदाम गरेर राखिएको स्रोतले बताएको छ।

 

व्यापारीसँग सेटिङ नमिलेका व्यापारीहरुलाई अनावश्यक दुःख दिएर हैरानी पार्दै आएको गुनासो रहेकोछ । अर्थमन्त्री डा. प्रकाशशरण महत र तत्कालिन अर्थ सचिव अर्जुन पोखरेलले विश्वास गरेर भन्सार विभागको महानिर्देशकमा पठाएका शोभाकान्त पौडेलमाथि अख्तियारले समेत निगरानी बढाएको छ । अख्तियार स्रोतका अनुसार वीरगञ्ज भन्सारस्थित ड्राइपोर्ट (सुख्खा बन्दरगाहा)मा राजस्व छली तथा कोटाविपरीत ल्याइएका ठुलो परिमाणका सुपारी, रक्सी, छोकडा र मरिच आएको सूचना पाएपछि महानिर्देशक पौडेललाई अख्तियारले वयानका लागि बोलाएको छ । अख्तियार स्रोतका अनुसार भन्सार विभागका कर्मचारीहरुसँगको सेटिङबिना सुन, सुपारी, विदेशी मदिरा, पोस्तादानालगायत सामग्री कन्टेनरमा आउन सम्भव नै छैन । स्रोतका अनुसार वीरगञ्ज भन्सारको गोदाममा राजस्व छलेर कोटाविपरीत ल्याइएका झण्डै ४० ट्रक सुपारी, १० कन्टेनर अवैध रक्सी, ठुलो परिमाणका छोकडा, मरिच लगाएका माल सामानहरू गोप्य रूपमा राखिएका छन्। वर्षौंदेखि भन्सारका कर्मचारीहरुसँगको मिलेमतोमा अर्बौं राजस्व छली र तस्करी भइरहेको छ । एउटा सामानको भन्सार तिरेर अर्कै अवैध सामान भन्सारबाटै बाहिरिन थालेको सूचनाका आधारमा महानिर्देशक पौडेललाई अख्तियारले शंकाको घेरामा राखेको हो । पौडेल ठूला करदाता कार्यालयको प्रमुख छँदा एनसेलको ७२ अर्ब रुपैयाँ पूँजीगत लाभकर छली प्रकरणमा मुछिएका थिए ।

 

तत्न्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक चुडामणि शर्मा र ठूला करदाता कार्यालयका प्रमुख शोभाकान्त पौडेलकै योजनामा एनसेलले लाभकर छलेको समाचार बाहिर आएको थियो । एनसेलको लाभकर नतिरी टेलियासोनेरालाई नेपालबाट भगाउने भूमिका समेत पौडेलनै खेलेका थिए । पछिल्लो समय उनी सम्पती सुद्धिकरण र अख्तियारको फन्दामा पर्ने डरले आफन्तीको नाममा जग्गा किन्न लागिपरेका छन्।  

everest Bank
Sharestha treating