काठमाडौँका विद्यालयमा डिआई राख्न नपाइने

Ghorahi cement

काठमाडौं।काठमाडौँ महानगरपालिकाभित्र सञ्चालित विद्यालयहरुलाई अनुशासन इञ्चार्ज (डीआई) नराख्न सचेत गराइएको छ ।

 

महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले आज सबै विद्यालयहरुलाई परिपत्र गर्दै डीआई नराख्न निर्देशन दिएका हुन् । केही विद्यालयहरूले अनुशासन कायम राख्ने नाममा डीआई राख्ने गरेको गुनासो आएको र त्यसले विद्यार्थीमैत्री सिकाई वातावरण प्रभावित भएको महानगरको भनाई छ ।

 

 

डीआईले विद्यार्थीमा भय सिर्जना गराउने, मनोवैज्ञानिक रूपले नकारात्मक प्रभाव पार्ने र शारीरिक सजायसमेत दिने गरेको गुनासो प्राप्त भएको महानगरले जनाएको छ ।

भन्सारका डिजी कमाउनमा बिजी

Shangri-la Development Bank Ltd.
Nepali patro