स्वेताका आमा–छोरी र कुमार बस्नेतको गीत

Ghorahi cement

काठमाडौं।पछिल्लो समय भारतीय सञ्चार माध्यममा एक आमा–छोरीको तस्बि निकै भाइरल भइरहेको छ । स्वेता तिवारी र उनकी छोरी पलकको तस्बिर मिडिया र सामाजिक सञ्जालमा भाइरल बनेको हो । 

 

झ्वाट्ट हेर्दा आमा–छोरी भन्दा दिदी–बहिनीजस्ता देखिने उनीहरुको फोटो त्यही कारण चर्चामा आएको हो । अधिकांशले कुमार बस्नेतको लोकगीत सम्झँदै ‘छोरीभन्दा आमा तरुनी’ को टिप्पणी गरिरहेका छन् ।

 

४३ वर्षीया स्वेता भारतीय टेलिभिजनकी चर्चित अनुहार हुन् । उनले दर्जनभन्दा बढी टेलिभिजन सिरिजमा काम गरिसकेकी छन् । तर, दुई पटक विवाह गरेकी उनको वैवाहिक जीवन भने सुखद् हुन सकेको देखिँदैन ।

 

स्वेताले पहिलो पटक राजा चौधरीसँग लगनगाँठो कसेकी थिइन् । तर, त्यो सम्बन्धले सार्थकता पाउन सकेन । त्यसपछि उनले फेरि अभिनाव कोल्हीसँग दोस्रो विहे गरिन् । उक्त वैवाहिक सम्बन्ध पनि लामो समय टिक्न सकेन ।

 

 

अहिले उनी छोरी पलकसँग (पहिलो श्रीमानबाट जन्मेकी) एकल महिलाको जीवन बिताइरहेकी छन् । २३ वर्षीया छोरी पलक पनि सुन्दर देखिन्छिन् तर उमेर ढल्किएकी स्वेता झन् छोरीभन्दा तन्नेरी देखिएपछि फोटोको चर्चा भएको हो ।

 

 

 

 

’पिंकभिल्ला’ नामक भारतीय म्यागाजिनले स्वेतालाई सोधेको थियो, ’४३ वर्षको उमेरमा पनि तपाई अझै यति सुन्दर देखिनुहुन्छ, कसरी ?’, जवाफमा उनले भनेकी छन्, ’म पानी धेरै पिउँछु, शारीरिक व्यायाम तथा योगालाई पनि निरन्तरता दिइरहेको छु ।’

Shangri-la Development Bank Ltd.
Nepali patro