सेल्टाभिगोले रियल बेटिसलाई २–१ गोलले हरायो

678
shares
Shine resunga department bank

 

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा रेलिगेशन जोनबाट बाहिर निस्कन संघर्ष गरिरहेको सेल्टाभिगो विजयी भएको छ ।

 

बुधबार राति भएको खेलमा सेल्टाभिगोले सातौं स्थानमा रहेको रियल बेटिसमाथि २–१ गोलको पुनरागमन जित निकालेको छ ।

 

रियल बेटिसले छैटौं मिनेटमा अग्रता लिएको थियो । उसका एइटोर रुबेलले गोल गर्दै अग्रता दिलाएका थिए ।

 

तर, १६ औं मिनेटमा सेल्टाभिगोले पेनाल्टीमार्फत गोल गर्दै खेल बराबरी गरेको थियो । सेल्टाभिगोका लागि इयागो एस्पास जंकलले गोल गरेका हुन् ।

 

१–१ गोलको बराबरीतर्फ उन्मुख खेलमा सेल्टाभिगोले दोस्रो आफको पनि अतिक्ति समयमा गोल गरेको थियो ।

 

विलियट स्वेडवर्गले गोल गरेपछि सेल्टाभिगोले २–१ गोलको जितका साथ स्पष्ट ३ अंक लिन सफल भयो ।

 

जितपछि सेल्टाभिगो ल लिगाको तालिकमा १७ औं स्थानमा उक्लिएको छ । यसैगरी रियल बेटिस २८ अंकका साथ तालिकाको सातौं स्थानमा छ ।

Can