समिक्षा अधिकारीको ” बुलेट पड्काउदै ” सार्बजनिक

Ghorahi cement

काठमाडौं।गायक ईन्द्र कार्की र चर्चित गायिका समिक्षा अधिकारीको स्वरमा ” बुलेट पड्काउदै ” गित सार्बजनिक भएको छ ।

 

स्वयम् ईन्द्र कार्कीकै शब्द रचना रहेको सो गितमा रमन थामी, सडज लिम्बु, सुन्दर लामा, निर्मला घिसिङ्ग, लक्ष्मी स्याङ्ताङ्ग, निर्मल गदाल लगायतले कोरसमा साथ दिएका छन् ।

 

भिमफेदी गाईज टिमको र आभा थापाको अभिनय रहेको सो गित भिमफेदी गाईज अफिसियल युट्युब च्यानलमार्फत सार्बजनिक भएको हो ।

 

त्रिताल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको सो गितको संगित तथा सङ्गीत संयोजन सुन्दर लामाले गरेका हुन् । पवन सुसलिङको छायांकन तथा सम्पादन रहेको सो भिडियोलाई निर्मल लामा (बिजी) ले निर्देशन गरेका हुन् ।

२०५३ सालमा उदयपुरको बाराहा गाविस हाल लिम्चुङ्गबुङ गाउंपालिकामा जन्मिएका गायक कार्की लामो समयदेखि नेपाली गित-संगित क्षेत्रमा साधनारत छन् । यस अघि उनले “आफु त गाउँले अल्लारे, सलल बग्ने कोशीको पानी, ऐंसेलु दानाले” लगायत आधा दर्जन गीत बजारमा ल्याईसकेका छन् ।

 

 

Shangri-la Development Bank Ltd.
Nepali patro