गर्भवती श्रीमतीको हत्या गर्ने श्रीमान् पक्राउ

11.7K
shares
Nabil bank

 

नवलपरासी । नवलपुरको हुप्सेकोटका गर्भवती श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।श्रीमती चनिसरा लम्का मगरको हत्या गरेको आरोपमा पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिका-६ विरुखर्कका शेरबहादुर लम्का मगरलाई प्रहरीले पक्राउ गरेको हो ।

 

शेरबहादुरले चनिसरालाई कोदालो र खुर्पाले प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।शनिबार राति १ बजे कोदालो र धारिलो हतियार प्रहार गर्दा घटनास्थलमा नै महिलाको मृत्यु भएको थियो ।

 

हत्या गर्ने शेरबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हत्याको कारण खुलेको छैन ।घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x