छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु

13.9K
shares
Nabil bank

 

काठमाडौं। चन्द्रागिरी नगरपालिका-१४ नैकाप ओरालोस्थित सडमा कलंकीदेखि हेटौंडातर्फ जाँदै गरेको ना.७ ख २७८७ नम्बरको ट्याङ्करको ठक्करबाट पैदलयात्री सोही नगरपालिका-११ सतुंगल बस्ने ६५ वर्षीय महेन्द्र लाल दासको सोमबार बिहान मृत्यु भएको छ । ठक्करबाट गम्भीर घाइते भएका उनको नेपाल एपिएफ अस्पताल बलम्बुमा उपचारको क्रममा मृत्यु भएको हो । ट्याङ्कर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

चितवन, भरतपुर महानगरपालिका-२९ स्थित सडकमा ना.५९ प २६२१ नम्बरको मोटरसाइकल र ना.६५ प ७२२५ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई सोमबार दिउँसो दुर्घटना हुँदा ना.६५ प ७२२५ नम्बरको मोटरसाइकल चालक भरतपुर महानगरपालिका-७ बस्ने ४० वर्षीय प्रकाश बाबु थापाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका ना.५९ प २६२१ नम्बरको मोटरसाइकल चालक समेत ३ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ। 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x