सामाजिक सञ्जालमार्फत महिलाको चरित्र हत्या गर्ने पक्राउ

1.7K
shares

 

काठमाडौं । नेपाल प्रहरीको साइबर ब्यूरोले महिलाको चरित्र हत्या गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा दोलखाको भिमसेन थापा गाउँपालिका वडा नम्बर २ घर भइ हाल काठमाडौंको तारकेश्वर नगरपालिका–४ बस्दै आएका भिमसेन भट्ट रहेका छन्।रोजगारीको सिलसिलामा चिनजान भएपछि उनीहरू प्रेम सम्बन्धमा रहेको अनुसन्धानबाट खुलेको छ।

 

प्रेम सम्बन्धमा रहेकै बेला खिचिएका तस्बिरहरू सामाजिक सञ्जालमा सम्प्रेषण गरी चरित्रहत्या गर्नुका साथै दुस्ख दिन थालेपछि पीडित किशोरीले प्रहरीमा उजुरी दिएकी थिइन्।भट्टले ती युवतीको नक्कली फेसबुक आईडी बनाएर उनका आफन्तलाई अश्लील भिडियोहरु पठाएका थिए ।भट्टलाई अदालतबाट ५ दिनको समय लिएर अनुसन्धान भइरहेको ब्यूरोले जनाएको छ

civil hospital
Hams Hospitals