भैरहवामा आजदेखि चारतारे होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा

 

भैरहवा । सम्राट ग्रुपले आजदेखि भैरहवामा चारतारे होटल ल्याण्डमार्क भैरहवा सञ्चालनमा ल्याएको छ । चितवन, पोखरा र काठमाडौँमा ल्याण्डमार्क होटल सञ्चालन गरेर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको सम्राट ग्रुपले नयाँ होटल सञ्चालनमा ल्याएको हो । 

 

रूपन्देही सिद्धार्थनगर नगरपालिका वडा नम्बर ३ को सिंगापुर कोलनीमा चारतारे होटल ल्याण्डमार्क भैरहवा सुरू गरिएको ल्याण्डमार्क ग्रुपका प्रमुख कार्यकारी अधिकृत सिएन पाण्डेले जानकारी दिए । होटलले आजबाट ५० कोठासहित सेवा बिक्री सुरू गरेको र पहिलो दिननै होटल फुल अकुपेन्सी भएको पाण्डेले बताए ।  पाण्डेले होटलमा आउने पाहुनाका लागि भैरहवा विमानस्थलसम्मको आउने र जाने यातायातको सुविधा समेत रहेको बताए । उनले बेलहिया नाकाबाट समेत होटलले यातायात सुविधा उपलब्ध गराउने जानकारी दिए ।

 

होटलका कतिपय कोठाबाट रिभरभ्यू समेत देख्न सकिने छ । केही कोठामा सूर्योदयको पहिलो किरण बेडमा पुग्नेगरी होटलको निर्माण भएको छ । होटलमा कोरोना बार र कोटियार्ड लाउञ्ज समेत रहेको ल्याण्डमार्क भैरहवाका महाप्रबन्धक बसन्त पुरीले जानकारी दिए । उनले जर्मन प्रविधिबाट होटलको निर्माण भएको भन्दै यस्तो शैलीको तारे होटल नेपालमै पहिलो पटक तयार भएको जानकारी दिए । होटलमा स्वीमिङ पुलदेखि रूफटप बारसम्म रहेका छन ।

 

होटल समूहमा छुट्टै पहिचान बनाउँदै गरेको सम्राट ग्रुपको चितवनमा ल्याण्डमार्क फरेस्ट पार्क सौराहाको उत्कृट होटलको रूपमा सेवा दिइरहेको छ भने कास्कीमा ल्यण्डमार्क पोखराले पनि फेवातालको किनारबाट उत्कृष्ट सेवा दिइरहेक आन्तरिक र बाह्य दुबै पर्यटकका लागि आकर्षण बन्दै गएको ल्याण्डमार्कले भविष्य अन्य स्थानहरूमा समेत होटलहरू सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिरहेको प्रमुख कार्यकारी अधिकृत पाण्डेको भनाइ छ ।

 

सम्राट ग्रुपले आन्तरिक पर्यटन प्रवर्द्धनमा जोड दिने सरकारको नीतिलाई साथ दिँदै नयाँ वर्ष र चाडपर्व लक्षित गरेर आकर्षक अफरहरू समेत दिने गरेको छ । विदा र चाडबाडको समयमा घुम्न निस्कने आन्तरिक पर्यटकका लागि राहत दिने उद्देश्यले यस्तो अफरहरू सार्वजनिक गर्ने गरिएको र यसलले निरन्तरता पाउने प्रमुख कार्यकारी अधिकृत पाण्डेले बताए ।

 

ल्याण्डमार्कको एकमात्र उद्देश्य पाहुनाहरूका लागि उत्कृष्ट सेवा दिने रहेको बताउँदै प्रमुख कार्यकारी अधिकृत पाण्डेले पर्यटकको रूची पूरा गर्न जुनसुकै समयमा पनि ल्याण्डमार्क काठमाडौँ, पोखरा, चितवन र भैरहवा प्रतिवद्ध रहेको बताए । उनले सेवाको गुणस्तरमा कहिल्यै कुनै सम्झौतना नहुने समेत बताएका छन । ल्याण्डमार्क सञ्चालन गर्ने सम्राट ग्रुप अफ कम्पनी नेपालको पर्यटन क्षेत्रमा अग्रपङ्क्तिमा रहेको छ।

Shangri-la Development Bank Ltd.
Nepali patro