सेनाका थापा, श्रेष्ठ र देउजाले लगाए उपरथीको फुली, को-कहाँ भए पदस्थापन ?

वि.सं.२०८० फागुन १३ आइतवार
1.4K
shares
shares

काठमाडौँ । नेपाली सेनाका तीनजना उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।सेनाको सहायक रथीबाट उपरथीमा बढुवा भएका सुनिल श्रेष्ठ, अनुपजंग थापा र प्रकाश देउजालाई प्रधानसेनापति प्रभुराम शर्माले आज जंगी अड्डामा दर्ज्यानी चिन्ह प्रदान गरेका हुन् ।उनीहरू नेपाल सरकारको ६ फागुनको निर्णय अनुसार उपरथी दर्जामा पदोन्नति भएका हुन् ।
बढुवा भएका उपरथी श्रेष्ठको मध्यपश्चिम पृतनापति, उपरथी थापा राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयको सह–संयोजक र उपरथी देउजा, संभाररथी विभागमा नियुक्त भएका छन् ।।