विदेशीसँग ऋण लिने होइन्, राजश्व उठाउनेतर्फ केन्द्रित होस् अबको बजेट !

17.3K
shares
Nabil bank

 

पछिल्लो समय धेरै श्रमिकले पारिश्रमिक नपाएको अवस्था छ । प्राइभेट अफिस, संघसंस्थामा काम गर्नेहरुको वर्षौंदेखिको तलब बाँकी छ । सरकारले तोकेको तलब त छोडौं, कम्पनीले दिने भनेको न्यून तलब पनि दिएको छैन् । जसले गर्दा काम गरेर खाने वर्ग मर्कामा परेका छन् ।

 

बिहान खाए, बेलुका के खाऊँको अवस्थामा छन्, सर्वसाधारण । तर, जनप्रतिनिधि, सरकारको बहालरत र भूपू कर्मचारीलाई यसले कुनै प्रभाव पारेको छैन् । महिना नमर्दै सरकारले खातामा तलब हालिदिन्छ, अरु के चाहियो ? देशको राष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्री, सभामुख, सांसद्हरुको पदअनुसार तलब हुन्छ ।

 

त्यहीअनुसारको सेवासुविधा र बैठक भत्ता पनि दिइन्छ । यता, स्थानीय जनप्रतिनिधिलाई पनि तलब दिने व्यवस्था छ । मेयर, उपमेयर, वडाध्यक्षलगायतले पनि तलब र भत्ता बुझ्छन् । सरकारी कर्मचारीको हकमा पनि त्यही हो । पदअनुसार तलब र सेवासुविधा, अवकाश पाएपछि पनि पेन्सन ।

 

कामै नगरिकन तलब पाउँछन्, कति आनन्द । जनताले तिरेको करबाट तलबभत्ता खानेहरु फुकिरहँदा जनता सुकिरहेका छन् । तलब नपाउँदा सर्वसाधारणलाई जीविकोपार्जन गर्नै गाह्रो परेको छ । सरकारले जनप्रतिनिधि, सरकारी कर्मचारीलाई चाडपर्व पेश्कीदेखि लिएर उपचार खर्चसमेत प्रदान गर्छ ।

 

तर, जनताले के पाउँछन् ? उपचार नपाएर जनता रोग पालेर बसेका छन् । सरकारले न्यूनतम १७ हजार तीन सय रुपैयाँ मासिक तलब तोकेको छ । तर, कसले चाँहि यो नियमको पालना गरेको छ ? अहिले पनि तीन हजारदेखि १० हजारसम्म काम गर्न बाध्य छन्, सर्वसाधारण ।

 

सरकारले बिहान १० देखि बेलुकी ५ बजेसम्म भनेको छ । यद्यपि, कामचाँहि बिहान ९ बजेदेखि बेलुकी ७ बजेसम्म लगाउँछ । सार्वजनिक बिदाका दिन पनि काम लगाइन्छ । सरकारले बैंकमार्फत तलब दिनुपर्ने नीति बनाएको छ । तर, रोजगारदाताहरुले त्यसको पनि धज्जी उडाएका छन् ।

 

व्यापार व्यवसायमा मन्दी देखिएको भन्दै निजी कम्पनी, पसलेहरुले तलब दिइरहेका छैनन् । जसले गर्दा कामदारहरु मर्कामा परेका छन् । काम छोडौं, अर्को ठाउँमा पाउन मुश्किल, पाइहालेपनि तलब नदिने । यता, आफूले काम गरेको तलब पनि छोड्नुपर्ने बाध्यता । आम सर्वसाधारण समस्यै समस्याले घेरिएका छन् ।

 

वास्तवमा भन्ने हो भने आम सर्वसाधारण कर तिर्नै नसक्ने अवस्थामा पुगिसकेका छन् । जसका कारण मुलुक विदेशी ऋणको दलदलमा फसेको छ । सरकार सस्तो लोकप्रियताको पछाडि लागेको छ । अनि कसरी मुलुक चल्छ ? राष्ट्रपति, प्रधानमन्त्रीलगायतले मासिक लाखौं रुपैयाँ तलब लिन्छन् ।

 

तर, तिनले कर तिरेका छैनन् । तलबबाट २० प्रतिशत कर काट्ने निर्णय गर्यौ । बहालरत होस् या भूपू कर्मचारीको तलबबाट पनि कर काटौं । ज्येष्ठ नागरिक, एकल महिला, बिरामीहरुले पाउने भत्ताबाट पनि कर लिने निर्णय गर्नुपर्छ । यता, निजी कार्यालयमा काम गर्नेहरुको तलब पनि बैंक खातामार्फत मात्र दिने नीति ल्याउनुपर्छ ।

 

यहाँ त लिने मात्रै भए, अनि सरकारी खर्च कसरी धान्छ ? सरकारले यो निर्णय गर्ने हो भने राज्यको ढुकुटीमा राजश्व पनि आउँछ, यता कामदारहरुले मासिक तलब पनि पाउँछन् । अन्य मुलुकले सबै क्षेत्रबाट कर उठाइरहेका छन् । त्यही भएर त्यहाँ विकास भइरहेको छ । यहाँ त सस्तो लोकप्रियता कमाउने खेल रचिएको छ ।

 

अनि कसरी देश बन्छ ? हरेकले कर तिर्नुपर्छ । राष्ट्रपतिदेखि स्थानीय तहका जनप्रतिनिधिसम्म खाने, तर दिने कोही छैन् । विभिन्न निकायमा हजारौं करारका कर्मचारी कार्यरत छन् । तिनले पनि कर तिर्दैनन् । सरकारले महिनाको शुरुमै होइन्, महिना मरेपछि मात्रै तलब र पेन्सन दिनुपर्छ ।

 

त्यो पैसा बैंकमा लगेर राख्यो भने सरकारलाई ब्याज त आउँछ । तलब बुझ्नेहरुलाई फाइदा भएको होला तर राज्यलाई त ठूलो क्षति भइरहेको छ । राज्य सञ्चालकहरु लोभी भए । आफूलाई कसरी फाइदा हुन्छ भन्नेतर्फ उनीहरु लागे । आफ्नो हकहितमा कानुन बनाएका छन्, देश र जनता जाओस् ‘भाड’ मा ।

 

जसरी हुन्छ, आफूलाई फाइदा गराउनेमै उनीहरुको ध्यान केन्द्रित छ । सरकारले हरेक बजेट भाषणमा सरकारी कर्मचारीको तलब र सेवासुविधा बढाउँछ । करचाँहि उठेको छैन् अनि तलबभत्ता र सेवासुविधा मात्रै बढाइरहने ? सरकारले अबको बजेट भाषणमा कर उठाउने स्रोतचाँहि खोजोस् ।

 

एउटा चर्चित उखान छ,‘घाँटी हेरेर हाड निल्नुपर्छ ।’ आफ्नो आर्थिक स्तर र सामथ्र्यले भ्याउनेभन्दा बढीबढी खोज्दा दुर्घटना हुन सक्छ भन्न खोजिएको छ । राज्यको ढुकुटीमा पैसाचाँहि छैन् अनि सेवासुविधाचाँहि बढाएको बढाएै । सरकारले घरबहाल कर तीन दशकदेखि बढाएको छैन् ।

 

१० प्रतिशतमै सीमित छ । घरभाडा त वर्षैपिच्छे बढाएका छन्, घरधनीले । अब घरबहाल कर पनि २० प्रतिशत बनाऔं । एउटा कोठा २० हजार रुपैयाँमा भाडामा लगाउने अनि करचाँहि पाँच सय रुपैयाँ तिर्ने । सरकारले कोठाभाडा पनि बैंकमार्फत तिर्ने व्यवस्था मिलाउनुपर्छ ।

 

घरधनीहरु बहालवाला र सरकारलाई चुसेर आफू मोटाइरहेका छन् । घरजग्गा पनि बजारको मूल्याङ्कनअनुसार कर उठाउनुपर्छ । एक करोडमा जग्गा बेचेको छ भने एक करोडकै कर लिनुपर्छ । एउटाले एक करोडमा बेच्छ, अर्कोले बेच्छ तर मालपोतमा २० लाखमा किनेको भनेको ८० लाखको कर छल्छ ।

 

कर तिर्न नमान्नेको जग्गा नामसारी पनि नगर्ने, घरबाटो पनि नदिने । एउटा घर हुनेलाई घरेलु र दुई वटाभन्दा माथि भएकालाई कम्पनीमा लगेर पञ्जीकरण गर्ने नीति ल्याउनुपर्छ । घरजग्गा गरेर करोडौंको लगानी गरिएको छ तर राजश्व भने शून्य । घरभाडामा लगाएर एउटै घरधनीले मासिक करोडसम्म उठाउँछन् ।

 

यद्यपि, राजश्व तिर्दैनन् । सरकारले अब आउने बजेट भाषणमा यी कुरा समेट्न जरुरी छ । सार्वजनिक यातायातको प्रत्येक ६ महिनामा गरिने रुट परमिट, जाचपास र प्रदूषणबापत चार सयदेखि आठ सय रुपैयाँ तिर्छन् । यो पनि दोब्बर गरिदियो भने राज्यलाई धेरै राजश्व आउँछ ।

 

पञ्जीकरण पाँच वर्षसम्म नवीकरण गर्नुपर्दैन् । एकपटक पञ्जीकरण गर्दा पाँच हजार रुपैयाँ तिर्नुपर्छ । यो वर्षैपिच्छे नवीकरण गर्ने व्यवस्था मिलाउनुपर्छ । ३० लाखदेखि ८० लाख रुपैयाँसम्म गाडी किनबेच हुन्छ । तर, नामसारीबापत जम्मा ८०० सय रुपैयाँ तिर्छन् । सरकारले अब प्रतिशतको हिसाबमा कर उठाउनुपर्छ ।

 

निजी प्लेटका गाडीहरुलाई पनि कम्पनीमा लैजाने भनि बजेट भाषणमा ल्याउनुपर्छ । यसको पनि जाचपास, प्रदूषण र रुट परमिट गरिदिने निर्णय गर्न जरुरी देखिएको छ । निजी प्लेटका गाडीमा तीन लाखदेखि २५ करोड रुपैयाँसम्म लगानी छ । तर, राज्य रित्तै छ । निजी प्लेटका सवारीसमेत भाडामा लगाएर आम्दानी गरिन्छ ।

 

यद्यपि, राज्यले राजश्व पाएको छैन् । घरेलु र कम्पनीमा नगएका गाडी र घरको नामसारी रोकिदिने । सय रुपैयाँको सेयरलाई व्यापारीले १५ देखि १६ सय रुपैयाँमा बेचिरहेका छन् । तर, कर त सय रुपैयाँकै तिरिन्छ । १५ सयको राजश्व छलिन्छ । साना व्यापारीले समेत दिनमा २० हजार रुपैयाँको व्यापार गर्छन् ।

 

यद्यपि, राजश्व त तिर्दैनन् । ठूला व्यापारीले अडिट गर्ने बेलामा घाटा देखाइदिन्छन् । सरकार पैसा तिरेपछि बिल लिनु भन्छ । तर, न व्यापारीले बिल दिन्छ न सर्वसाधारणले माग्छन् । यातायात व्यवसायीले भाडा लिन्छन् तर बिल दिँदैनन् । अब सबैतिर बिलिङ सिस्टम बनाऔं । राज्यको अबको बजेट भाषण कर उठाउनेतिर केन्द्रित होस् नाकि विदेशी ऋण लिनेतर्फ ।

 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x