युवाहरु विदेश पलायन हुनुभन्दा उनीहरुले नेपालीपन बिर्सनु डरलाग्दो स्थिति सृर्जना भयो

18.9K
shares
Nabil bank

 

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले नेपालीहरु विस्तारै आफ्नो अस्तित्व र प्रतिष्ठासँग भाग्न थालेका टिप्पणी गरेका छन् । निराशा चिर्न र गलत बुझाइको भाष्य चिर्न वर्तमान नेतृत्व गम्भीर हुनुपर्ने समय आएको उनले बताए ।

 

राजधानीको नयाँ बानेश्वरमा बुधबार शताब्दी पुरुष गणेशबहादुर बस्नेतलाई अभिनन्दन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले युवाहरु विदेश पलायन हुनुभन्दा उनीहरुले नेपालीपन बिर्सनु डरलाग्दो स्थिति भएको बताएका हुन् ।

 

उनले भने, ‘हाम्रा केटाकेटीहरु देश छोडेर जान लागे भन्ने कुरा डरलाग्दो होइन, किनकि हाम्रा बाहरु अवसर खोज्नकै लागि सोलुखुम्बुबाट काठमाडौं आएका थिए भने हाम्रा दाजुभाई दिदीबहिनीहरु पनि अवसर खोज्न पखेटा लगाउने नै भए नि । तर, मुख्य कुरा भनेको चाहिँ यो माटोसँग, यो जमिनसँग, यो हाम्रो आफ्नो ठाउँसँग अस्तित्वसँग, प्रतिष्ठासँग मान्छेहरु विस्तारै भाग्न थालेका छन् ।’

 

थापाले अहिलेको पुस्तामा नेताहरुले नै देश सखाप र बर्बाद पा¥यो भन्ने भाष्य निर्माण भइरहेको उल्लेख गर्दै आजको नेतृत्व जिम्मेवार हुनुपर्ने बताए ।

 

उनले भने, ‘अहिलेको अवस्थामा टेलिभिजनमा नेतालाई हेरेर सबै सखाप पा¥यो, सबै बर्बाद भयो भन्ने भाष्य निर्माण गर्न थालिएको छ । जनताबाट अनुमोदित हुँदै आउने जोकोहीलाई शक्ति प्राप्त हुन्छ । त्यो शक्तिलाई नडराइकन, नबिराइकन नचुकीकन जिम्मेवारी निर्वाह गर्नु आजको मुख्य आवश्यकता हो । यस्तो एकमात्र नेता गणेशबहादुर बस्नेतले गरेका छन् ।’

 

नयाँ पुस्ताका मानिसलाई बस्नेतजस्ता व्यक्तित्वका जीवनी, लेख र पुस्तक निकालेर बताउनुपर्ने भनाइ थापाले राखे । 

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x