त्रिवेणी मोटोकर्पको इभी शोरुम बालकुमारीमा सञ्चालन
वि.सं.२०८१ जेठ २१ सोमवार
shares
काठमाडौं । त्रिवेणी मोटोकर्प प्रालिले ललितपुरको बालकुमारीमा डोङ्गफेङ्ग इलेक्ट्रिक भेहिकल्सको लागि शोरुमको शुभारम्भ गरेको छ । त्रिवेणी ग्रुप अन्तर्गत त्रिवेणी मोटोकर्प, चीनको डोङ्गफेङ्ग अटोमोवाईल कम्पनी लिमिटेड बाट आधिकारिक वितरक नियुक्त भए पश्चात् कम्पनीले इलेक्ट्रिक भेहिकलहरु आयात गरी विक्री वितरण शुरु गरेको हो ।
डोङ्गफेङ्ग अटोमोवाईल कम्पनी लिमिटेड चाइनाको ३ ठूला गाडी निर्माता मध्येका एक रहेको र विश्वका ६० देशहरूमा बिक्री वितरण हुँदै आएको छ । हाल त्रिवेणी मोटोकर्पले सो कम्पनीका ११ सिट १४ सिट क्षमताको डोङ्गफेङ्ग इलेक्ट्रिक प्यासेन्जर भ्यान र ४.५ तथा ५.३ घन मिटर क्षमताको कार्गो भ्यानहरू बिक्री वितरण सुरु गरेको छ ।
बिजुली गाडीको प्रवद्र्धन मार्फत वातावरणीय सुधारको क्षेत्रमा योगदान गरी यातायात क्षेत्रमा आबद्ध सबै पक्षको समान लाभको लागी कार्य गर्ने उद्देश्य त्रिवेणी मोटोकर्पले लिएको जनाएको छ ।
११ सिट क्षमताको ई.भी. माइक्रोमा ५० किलोवाट क्षमताको मोटर रहेको छ तथा ४२ किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी रेज प्रदान गर्दछ । त्यसैगरी १४ सिट क्षमताको ई.भी. माइक्रोमा ८० किलोवाट क्षमताको मोटर रहेको छ भने ५० किलोवाट आवरको लिथियम आयन ब्याट्रीले एक फुल चार्जमा ३०० कि.मी. को रेञ्ज प्रदान गर्दछ । डोङ्गफेङ्ग का सबै इलेक्ट्रिक भ्यानहरूमा सि. ए. टी. एल. ब्याट्री जडित रहेका छन् ।
त्रिवेणी मोटोकर्पले डोङ्गफेङ्ग इलेक्ट्रिक भ्यानहरू नेपाल भरि विक्री वितरण गर्नको लागि डिलर नेटवर्कहरुको व्यवस्था पनि गरिसकेको छ । सबै डिलर नेटवर्कहरुमा सर्भिस, पार्ट्स तथा चार्जरको व्यवस्था रहने कम्पनीले जनाएको छ ।
कम्पनीले ग्राहकहरुलाई चार्जिङ्ग सेवा प्रदान गर्ने उद्देश्यका साथ चार्जिङ्ग स्टेशनहरु आफ्ना डिलर नेटवर्कमा विस्तार गरिरहेको छ साथै भविष्यमा आवश्यकता अनुसार चार्जिङ्ग स्टेशनहरुको विस्तार गर्दै जाने क्रममा रहेको जनाएको छ ।
































