आजदेखि एकीकृत समाजवादीको महाधिवेशन , अध्यक्षमा कसले मर्ला बाजी ?

1.4K
shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को दशौँ महाधिवेशन आज (आइतबार) देखि सुरु हुँदै छ । महाधिवेशन काठमाडौंको प्रज्ञा भवनमा हुने जनाइएको छ ।

 

त्यसअघि बिहान ११ बजे भृकुटीमण्डपमा भेला भई र्‍याली निकालिने कार्यक्रम रहेको कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए । नेकपा (एमाले)बाट विभाजन भएको तीन वर्ष नपुग्दै महाधिवेशन गर्न लागेको हो ।

 

 

महाधिवेशन तयारीका सन्दर्भमा गत बिहीबार बसेको सचिवालय बैठकले वरिष्ठ उपाध्यक्ष पद थप गर्ने निर्णय गरेको छ । त्यस्तै, यो महाधिवेशनबाट केन्द्रीय कमिटी २९९ बनाइने निर्णय गरेको हो । महाधिवेशन यही असार २० गतेसम्म चल्नेछ ।

civil hospital
Hams Hospitals