सुन्धाराबाट ३८ लाख नगदसहित एक जना पक्राउ
वि.सं.२०८१ असार २६ बुधवार
22.6K
shares
shares
काठमाडौं । काठमाडौंबाट ३८ लाख नगदसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ।जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले उनलाई काठमाडौं महानगरपालिका-२२ सुन्धाराबाट पक्राउ गरेको हो ।पक्राउ पर्नेमा भरतपुर महानगरपालिका-१५ गणेशटोल बस्ने ४८ वर्षीय माधव श्रेष्ठ छन्।
अवैध रूपमा शंकास्पद कारोबार भइरहेको भन्ने सूचना प्रहरीले पाएको थियो।उक्त सूचनापछि जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।५०० दरको ६ हजार थान र एक हजार दरको ८ सय थान नोट बरामद गरेको हो।उनीको एउटा स्कुटर र मोबाइल पनि प्रहरीले बरामद गरेको
छ।
Subscribe
0 Comments
Oldest































