रिलायन्स स्पिनिङ मिल्सको आईपीओ तत्काल रोक्न अदालतको अल्पकालीन अन्तरिम आदेश

801
shares
national life insurances
Nabil bank

 

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ रोक्न उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश दिएको छ । अधिवक्ताद्वय हरि बहादुर केसी र खुशलराम धितालले हालेको मुद्धामा सुनुवाई गर्दै अदालतले २७ गतेदेखि निष्कासन गर्न लागेको रिलायन्सको आइपीओ तत्कालका लागि रोक्न आदेश दिएको हो।

 

अर्थ मन्त्रालय, नेपाल धितोपत्र बोर्ड लगायतलाई विपक्षी बनाइएको रिलायन्सको आइपीओ निष्कासन विरुद्धको सो मुद्धामा अधिवक्ताहरू डा अवतार न्याैपाने, डा. केशव प्रसाद श्रेष्ठ, बासुदेव रिजाल र श्री रपिस पाेखरेलले बहस गरेका थिए ।

 

अव विपक्षीहरु जवाफसहित अदालतमा हाजिर हुनेछन् । त्यसपछि अदालतले थप आदेश गर्नेछ । अदालतको यो आदेशसँगै रिलायन्सको आइपीओ तत्काल निष्कासन नहुने देखिएको छ ।

अदालतले सम्पूर्ण प्रक्रिया नै पनि बदर गर्न सक्नेछ । संस्थागत लगानीकर्तासंग मिलेर रिलायन्स स्पिनिङ्गको मुल्य अत्यधिक बढाइएको भन्दै नेपाल धितोपत्र बोर्डमा उजुरी परेको छ भने आम शेयर लगानीकर्ताले समेत मुल्यमा प्रश्न गर्दै आएका छन्।

 

अदालतबाट अन्तरिम आदेश आउने देखेर र सार्वजनिक लेखा समितिले पनि प्रश्न उठाएपछि धितोपत्र बोर्डले सो आइपीओ निष्कासन प्रक्रिया रोकिसकेको छ।

civil hospital
Hams Hospitals
Machhapuchhre Bank Limited