प्रधानमन्त्रीले सत्ता गुमेको आक्रोश पोखे:योगेश भट्टराई

वि.सं.२०८१ असार २८ शुक्रवार
885
shares
shares

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री प्रचण्ड अब संसदको रोष्ट्रममा प्रधानमन्त्रीको हैसियतले बोल्न नपाइने ढंगले आज प्रस्तुत भएको बताएका छन् ।
प्रतिनिधिसभामा बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सत्ता गुमेको आक्रोश पोखेको बताए ।
उनले भने, ‘उहाँको भाषण सुन्दा सायद प्रधानमन्त्रीको हैसियतले संसदको रोष्ट्रममा भाषण गर्ने दिन फर्किँदैन कि भन्ने ढंगले प्रस्तुत हुनुभयो । त्यसैले होला थुप्रै आक्रोश पोख्नुभयो । गलत सूचना दिनुभयो । सम्भवतः यहाँ बोलेका प्रश्नहरुको जवाफदेहिता आजमात्रै सीमित हुँदैन । उहाँ बाचुञ्जेलसम्म दिनुपर्छ भन्ने बुझेर बोलेको भए हुन्थ्यो ।’
नेता भट्टराईले देशभित्रको समस्या समाधान गरेर संसदले विश्वासको मतमा मात्रै छलफल गरेर बस्न उपयुक्त नहुने बताए ।