सात लाख बराबरको गरगहना र नगद चोरी गरेको आरोपमा दुई जना पक्राउ

14.5K
shares
Nabil bank

सात लाख बराबरको गरगहना र नगद चोरी गरेको आरोपमा दुई जना पक्राउ

काठमाडौँ । प्रहरीले भक्तपुरमा चोरी गरेको आरोपमा २ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको गोकर्णेश्वर नगरपालिका ५का राजु तामाङ र भोजपुर घर भई हाल गोकर्णेश्वर ७ बस्ने शारदा तिरुवालाई पक्राउ गरेको हो ।

तामाङ र तिरुवाले भक्तपुरको ठिमी नगरपालिका २ मुनालमार्गस्थित द्धारिकानाथ धितालको घरमा डेरा गरी बस्ने जगदीश नेपालको कोठाबाट विभिन्न गरगहना र नगद गरी रु ७ लाख, १३ हजार ३८० रुपैया बराबरको धनमाल चोरी गरेको प्रहरीले जनाएको छ । असार २५ गते पक्राउ परेका उनीहरुलाई प्रहरीले शुक्रबार सार्वजनिक गरी थप अनुसन्धान तथा कार्बाहीका लागि प्रहरी वृत्त ठिमी पठाइएको अनसन्धान कार्यालयले जनाउको छ।

civil hospital
Hams Hospitals
Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
0
Would love your thoughts, please comment.x
()
x